पूर्व कांग्रेस नेतृ केसी कास्की क्षेत्र नं. २ मा साझा पार्टीको उम्मेदवार

23 October, 2019 18:57 |राजनीति | comments | 3600 Views


    मंसिर १४ गते हुने उपनिर्वाचन अन्र्तर्गत संघीय संसद प्रतिनिनिसभाको कास्की क्षेत्र नं. २ का लागि साझा पार्टीले उम्मेदवार चयन गरेको छ । पोखरामा सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    adsads

    लामो समय नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील केसी २८ भदौमा साझा पार्टीमा प्रवेश गर्नुभएकी रजनीले वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासन पदबाट राजीनामा समेत दिनुभएको थियो ।

    राजनीतिक वेथितीप्रति जनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखी सिर्जनात्मक शक्तिमा बदल्न आफू भरपर्दो विकल्प भएको दावी गर्ने साझा पार्टीले यो उपचुनावलाई जनमत सग्रह भनेको छ । उपचुनाव हुने अरु क्षेत्रका उम्मेदवारहरु भने क्रमशः चयन गरिने बताएको साझा पार्टीले हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नुपर्ने गहन जिम्मेवारी बोध गर्न अपील समेत गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!