पूर्व न्यायाधीशहरुको निष्कर्ष न्यायालयको गरिमामा आँच पुग्यो

11 April, 2019 16:25 | राजनीति | comments | 16500 Views

न्याय परिषदले सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि गरेको सिफारिशले न्यायालयको गरिमामा आँच पुगेको पूर्वन्यायाधीश फोरम नेपालले जनाएको छ ।

फोरमका महासचिव शम्भुबहादुर खड्काले जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्ले गरेको न्यायाधीश सिफारिशले न्यायिक क्षेत्रसँग सम्बद्ध इमान्दार तथा समक्ष व्यक्ति हतोत्साहित भएको जनाउँदै परिणामस्वरुप न्याय सम्पादनको कार्यमा गम्भीर दुष्परिणाम निम्तिन सक्ने चेतावनी दिइएको छ ।

परिषद्ले यही चैत १९ गते सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो । उच्च अदालतका न्यायाधीशले बुधबार नै पद तथा गोपनीयताको शपथसमेत ग्रहण गरिसक्नुभएको छ ।

  

उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको ध्यानाकर्षण

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More