पेट्रोलियम अन्वेषण क्षेत्रमा प्रहरीचौकी राख्न कर्णाली प्रदेशको माग

6 July, 2019 11:45 |अर्थ , कर्णाली प्रदेश | comments | 22350 Views

    कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा सदस्यले दैलेखको पञ्चकोशी क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन माग गरेका छन् । विशेष समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले पेट्रोलियम पदार्थको अन्वेषणका लागि पञ्चकोशी क्षेत्रमा चिनियाँ टोली खटिएकाले आवश्यक सुरक्षा र बैंकिङ सुविधाको माग गरेका हुन् ।

    adsads

    प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले सङ्घीय सरकारले चीन सरकारको सहयोगमा पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु गरिसकेकाले आवश्यक वातावरण मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुशिलकुमार थापाले मुख्य अन्वेषण क्षेत्र शिरस्थान र नाभिस्थानमा प्रहरीचौकी र बैंकको खाँचो रहेको बताउनुभयो ।

    “चिनियाँ टोली पञ्चकोशी क्षेत्रमा छ, लामो समय बस्दैछ, शिरस्थान क्षेत्रमा प्रहरीचौकी छैन्”, उहाँले भन्नुभयो, “असुरक्षाको अवस्था सिर्जना भएको खण्डमा अन्वेषणकै काम प्रभावित हुनसक्छ, त्यसैले प्रदेश सरकार पनि सुरक्षाको सवालमा गम्भीर बनोस् ।”

    बैठकमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले भेरी–बबई डाइभर्सन आयोजनालाई लिएर प्रदेश र सङ्घ सरकारबीच द्वन्द्व सिर्जना भएको बताउनुभयो । प्रभावित क्षेत्रले पाउने सेवा–सुविधा तथा क्षतिपूर्तिका सम्बन्धमा प्रदेशले तत्काल सङ्घीय सरकारसँग संवाद गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    प्रदेशसभा सदस्य पद्मा खड्काले विकास आयोजनाको प्रभावकारी अनुगमन गर्न सरकारसँग आग्रह गर्नुभयो । बैठकमा प्रदेशसभा सदस्य पदम रोकाया, कृष्णा शाह, दानसिं परियार, शोसिला शाही र ठम्मर विष्टले समसामयिक विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

    पेट्रोलियम अन्वेषणका लागि मन्त्रीसहितका प्राविधिक टोली दैलेखमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    फेसबुक

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!