पैसा नभएको भन्दै बिरामी अन्यत्र पठाए अस्पताललाई जरिवाना

4 June, 2019 19:05 | प्रदेश , प्रदेश २ | comments | 96750 Views

प्रदेश २ सरकारले आफूले उपचार गर्न सक्ने अस्पतालले बिरामी अन्यत्र पठाएमा रु पाँच लाखसम्म जरिवाना हुने कानून ल्याउन लागेको छ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशसभा बैठकमा पेश गरेको सो विधेयकमा यससम्बन्धी व्यवस्था गरिएको जानकारी दिनुभयो ।

adsads

सो विधेयकमा स्वास्थ्य संस्थामा उपचार गर्न आउने बिरामीलाई उपचारको व्यवस्था हुँदाहुँदै अर्को अस्पतालमा उपचारका लागि पठाएमा रु २५ हजारदेखि पाँच लाखसम्म जरिवानाको व्यवस्था रहेको छ । अनुमति नलिई स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएमा रु एक लाखसम्म जरिवाना र सो संस्था बन्द गराउने व्यवस्थासमेत विधेयकमा रहेको मन्त्री साहले बताउनुभयो ।

यसैगरी सो विधेयकमा दर्ता नगरी स्वास्थ्य सेवा प्रदान गर्ने चिकित्सक वा व्यक्तिलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना गर्ने ब्यवस्था रहेको छ ।

विधेयकले ग्रामीण क्षेत्रमा धामी, झाँक्री आफू रोगको उपचार गर्ने व्यक्ति भएको भनेर बिरामीलाई अल्झाएर राख्ने र अन्तिम समयमा अस्पताल पु¥याउँदा बिरामीको मृत्यु हुने भएकाले त्यस्ता धामी, झाँक्रीलाई कानूनको दायरामा ल्याउनसमेत व्यवस्था गरिने गरी विधेयक ल्याउन लागिएको हो ।

हालसम्म प्रदेश २ को संसद्मा प्रस्तुत भएको ३६ वटा विधेयकमध्ये १६ वटा विषयगत विधेयक पारित भएको प्रदेश २ का न्यायाधिवक्ता दीपेन्द्र झाले बताउनुभयो ।

पोशाक वितरण

पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका–३ कञ्चनपुर बैरियामा रहेको निरा प्राथमिक विद्यालयका करीब ४५० दलित छात्रछात्रालाई छात्रवृत्तिबापत कमिज र स्काउटको कपडा वितरण गरिएको छ । सङ्घीय सरकारको नीतिअनुरुप गाउँपालिकाबाट करीब ४८ हजार मूल्यबराबरको स्कूल पोशाक वितरण गरिएको गाउँपालिकाका उपप्रमुख ममता महतो थारूले बताउनुभयो ।

सङ्घीय सरकारले स्थानीय तहको विद्यालयहरुमा खाजा कार्यक्रम तथा पोशाक वितरण गर्न शुरु गरेपछि दलित छात्रछात्राको विद्यालयप्रति आकर्षण बढ्दै गएको उपप्रमुख महतोले बताउनुभयो ।

प्रदेश २ सरकारले आठै जिल्लामा दलित छात्रावास बनाउने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!