पोखराका मुख्य चोकहरुमा आकाशेपुल बनाउने विद्याको घोषणा

17 November, 2019 15:35 | Homepage | comments | 30750 Views

प्रतिनिधिसभा कास्की निर्वाचन क्षेत्र नम्बर २ की उम्मेद्वार विद्या भट्टराई अधिकारीले पोखराको सृजनाचोकसहित पोखराका मुख्य चोकहरुमा आकाशेपुल बनाउने घोषणा गर्नुभएको छ । आइतबार चुनावी घरदैलोका क्रममा सृजनाचोकमा आयोजित कोण सभामा बोल्दै उम्मेद्वार विद्याले पोखराको जनघनत्व र भीडका कारण उत्पन्न ट्रापिक जाम कम गर्नका लागि पोखराको सृजनाचोकसहित सभागृहचोक, पृथ्वीचोक, महेन्द्रपुल, अमरसिंहचोकलगायतका मुख्य चोकहरुमा आकाशेपुल निर्माण गर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो आफ्ना स्वर्गिय पति रवीन्द्र अधिकारीको सपना ‘समृद्ध पोखरा, पर्यटकीय पोखरा’ बनाउने थियो, म उहाँकै ती अधुरा सपना र योजना पूरा गर्न उम्मेद्वार बनेर आएकी हुँ । आकाशे पुल निर्माण गर्ने योजना रवीन्द्रकै थियो । सृजनाचोकमा आकाशे पुल बनाउने भनेर उहाँले नै डिपीआर बनाउन लगाएर बजेटसमेत विनियोजन गरिसक्नु भएको छ, अब म जित्ने वित्तिकैदेखि सृजनाचोकमा आकाशेपुल निर्माणमा जुट्छु ।’

  

कोणसभामा नेकपाका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सहईञ्चार्ज खगराज अधिकारीले करकोबारेमा कांग्रेसले भ्रम सिर्जना गरेको भन्दै त्यस्तो भ्रममा नपर्न आग्रह गर्नुभयो । कांग्रेसले जितेको नगरपालिकामा भन्दा पोखरामा करको दर बढी भएको पाइए मेयरसहित नेकपाका सबै जनप्रतिनिधिलाई राजीनामा दिन लगाउने उहाँको प्रतिबद्धता थियो ।

अधिकारीले भन्नुभयो ‘तपाईंहरु ढुक्क हुनुस् कांग्रेसले जितेको नगरमा भन्दा पोखरामा करको दर कम छ, यदि बढी भएको प्रमाणित गर्नुहुन्छ भने नेकपाका सबै जनप्रतिनिधिलाई राजिनामा गर्न लगाउँछौं ।’

कार्यक्रममा पोखरा वडा नम्बर ८ का चुनावी कमाण्डर नेकपा केन्द्रीय सदस्य शारदाप्रसाद सुबेदी, सोमनाथ बराल, रुद्रनाथ बराललगायतलेपनि विकास र समृद्धिका लागि तथा युवा र महिला सशक्तिकरणका लागि विद्यालाई जिताउन आग्रह गनुृभएको थियो ।

सृजनाचोकबाट विहान शुरु भएको चुनावी घरदैलो रत्नचोक, फिर्के, नागढुंगाहुँदै चालिसेचाकेमा पुगेर कोणसभामा परिणत भएको थियो । घरदैलोका क्रममा विद्याले ९३ वर्षिय दुर्गादेवी सापकोटा, ९१ वषिृय दुर्गादत्त बराल र ८४ वर्षिया नेत्रमाया काफ्लेलगायतको आशिर्वाद लिनुभएको थियो । सो अवसरमा बृद्धबृद्धाले हामीलाई बृद्ध भत्ता दिएर सम्मानपूर्वक बाँच्ने आधार बनाइदिएको पार्टी नेकपा भएकाले सूर्य चिन्हमै मतदान गर्ने बताएका थिए ।

यसैबीच, नेकपाकी उम्मेद्वार विद्या भट्टराई अधिकारीलाई जिताउन पोखरा २१ कृष्ती–निर्मलपोखरीमा युवा तथा विद्यार्थी परिचालन कमिटी र बुद्धिजिवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेको छ ।

युवा तथा विकासप्रेमी नेतृ विद्यालाई जिताउन कृष्ति–निर्मलपोखरीमा अर्जुन भण्डारीको संयोजकत्वमा ५०१ सदस्यीय युवा तथा विद्यार्थी परिचालन कमिटी र निर्मलबहादुर अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय बुद्धिजिवी, शिक्षक, कर्मचारी तथा पेशागत कर्मचारी परिचालन कमिटी बनेको नेकपा कास्की २ चुनाव प्रचारप्रसार समितिका सहसंयोजक झपट रानाभाटले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डेले पोखराको विकास र समृद्धीका लागि विद्यालाई जिताउनुपर्ने बताउँदै विद्यामा नेतृत्व, व्यक्तित्वदेखि प्राज्ञिक सबै क्षमता भएको र विकास र समृद्धीका लागि भिजन र मिसन भएकाले उनलाई जिताउनुको विकल्प नभएको दावी गर्नुभयो ।

कार्यक्रममा नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल, युवा नेता दीलिप न्यौपाने, झपट रानाभाटलगायतले पनि बोलेका थिए ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

पहिरो

फेसबुक

पहिरो

ट्वीटर

सामाजिक सञ्जाल

More