पोखराबाट ५९ फ्रेन्च नागरिकको उद्धार, सगरमाथा क्षेत्रबाट ल्याइयो १९ पर्यटक

27 March, 2020 00:51 | कर्पोरेट/पर्यटन | comments | 30900 Views

कोभिड–१९ को सङ्क्रमणले नेपाल घुम्न आएका पर्यटक अलपत्र परेपछि काठमाडौँस्थित फ्रान्सेली दूतावासले बिहिबार पोखराबाट बुद्ध एयर चार्टर गरेर ५९ जना आफ्ना नागरिक काठमाडौंँ ल्याएको छ ।

सरकारले कोरोनाको सङ्क्रमणको बढ्दो जोखिम न्यूनीकरण गर्न देशभरि लकडाउन गरेपछि यतिबेला विभिन्न देशबाट आएका पर्यटक अलपत्रमा परेका छन् । पोखरा र आसपास क्षेत्रमा पदयात्रामा रहेका फ्रान्सेलीलाई दूतावासले परराष्ट्र र गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालय पोखरामार्फत पत्राचार गरेर आफ्ना नागरिकलाई काठमाडौँ लैजाने प्रबन्ध मिलाएको हो । अहिले विभिन्न देशले आफ्ना नागरिकको खोजी गर्दै स्वदेश फर्काउने पहल थालेसँगै दूतावासले पनि सो प्रक्रियालाई अगाडि बढाएको हो ।

  

पर्यटन प्रहरी पोखरा कास्कीका प्रमुख प्रहरी निरीक्षक गणेश खनालले पोखरामा सम्पर्कमा आएका ती नागरिकलाई पोखरा विमानस्थलमा पु¥याइएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पोखरा लेकसाइडमा सम्पर्कमा आउनु भएका ५९ जना फ्रेन्च नागरिकलाई पोखरा एयपोर्टसम्म यातायातबाट पुर्याउने व्यवस्था ग¥यौँ ।”

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले मुस्ताङबाट १२१ विदेशी पर्यटकलाई पोखरा पठाएको र सबैभन्दा बढी फ्रान्सका २१ पर्यटक भएको जानकारी दिनुभयो । उहाँले मुस्ताङ र मनाङमा रहेका सबै विदेशी पर्यटकलाई सम्पर्कमा रहनसमेत आग्रह गरिएको र अलपत्र परेका पर्यटकलाई उद्धार गरिएको बताउनुभयो ।

सगरमाथा क्षेत्रबाट एकै दिन १९ पर्यटकको उद्धार
लुक्लासहित माथिल्लो क्षेत्रमा अलपत्र परेका १९ पर्यटकको उद्धार गरिएको छ । आकस्मिक रुपमा नेपाल ‘लग डाउन’ भएपछि सगरमाथा क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार गरी काठमाडौं ल्याइएको हो ।

उद्धार गरिएका मध्ये एक नेपाली र १८ विदेशी रहेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार १४ फ्रान्सेली पर्यटक तारा एयरबाट काठमाडौँ गएका छन् भने डाइनेस्टिक एयरको हेलिकप्टरमार्फत दुई र सिम्रीक एयरको हेलिकप्टरमार्फत तीन जनाको उद्धार गरिएको हो ।

मङ्गलबार र बुधबार दुई दिनमा १० बिरामी पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो । अहिले पनि लुक्लामा करिब १५० को हाराहारीमा पर्यटक रहेको अनुमान गरिएको छ । उद्धार गरिएका फ्रान्सेली नागरिकलाई आफ्नो देश फर्काउन फ्रान्सबाट चार्टर विमान नेपाल पठाउने तयारी भइरहेको बताइएको छ । फ्रेन्च दूतावासकै पहलमा देशका विभिन्न स्थानमा रहेका फ्रान्सेली नागरिकलाई काठमाडौँ लगिएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More