पोखरा उपमहानगरपालिकाको बजेट ७४ करोड

17 January, 2015 00:34 | अर्थ | comments | 22050 Views

pokhara-nagarpalika-680x365पोखरा उपमहानगरपालिकाको १९औँ नगरपरिषद्ले आर्थिक वर्ष २०७२/७३ का लागि रु ७४ करोड १४ लाख ७६ हजार अनुमानित बजेट पारित गरेको छ । उक्त अनुमानित बजेट चालु आवको तुलनामा ३०.५९ प्रतिशतले बढी हो ।

adsads

कुल बजेटमध्ये आन्तरिक आम्दानीतर्फ रु ३९ करोड ९४ लाख ७६ हजार र बाह्य स्रोततर्फ रु ३४ करोड २० लाख अनुमान गरिएको छ । आन्तरिक आम्दानीतर्फ स्थानीय कर रु १३ करोड आठ लाख, सेवा शुल्क रु दुई करोड ७३ लाख, दस्तुरबाट रु १० करोड ५० लाख, बिक्रीबाट रु तीन लाख र अन्य आम्दानी रु एक करोड १९ लाख भएको कार्यकारी अधिकृत महेश बरालले जानकारी दिनुभयो ।

त्यस्तै स्रोत परिचालन र लागत सहभागितासमेत रु ११ करोड ३७ लाख २६ हजार, साँवा ब्याजबाट रु चार लाख ५० हजार रहने अनुमान गरिएको छ । यसैगरी बाह्यतर्फ नेपाल सरकार, वैदेशिक सहायता एवम् अन्य निकायबाट प्राप्त हुने अनुदान तथा ऋणसमेत गरी रु ३४ करोड २० लाख रहने अनुमान गरिएको छ ।

परिषद्ले व्ययततर्फ पूर्वाधार तथा संरचना विकासमा रु ३८ करोड ५१ लाख ५० हजार, जनसङ्ख्या तथा सामाजिक विकासतर्फ रु १० करोड ४४ लाख ३७ हजार, कृषि, वन तथा वातावरणतर्फ रु पाँच करोड ९६ लाख, भूमि तथा जलस्रोततर्फ रु दुई करोड ६० लाख र प्रशासन तथा सङ्गठनतर्फ रु १६ करोड ६२ लाख ८९ हजार छुट्याइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More