पोखरा-जोमसोम सडकमा ट्राभल एजेन्सीको मनपरी, यात्रुहरु मारमा

13 April, 2015 13:55 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 292650 Views

pokhara-jomsom-480x250म्याग्दीको बेनी देखि मुस्ताङको सदरमुकाम जोमसोम जोड्ने बेनी–जोमसोम सडकले ट्रयाक खुलेको ६ बर्षपछि बल्ल अस्थायी रुट ईजाजत पाएको छ ।

अहिलेसम्म सवारी सञ्चालनका लागि (रुट ईजाजत) नपाएपनि सार्वजनिक तथा नीजि गाडीहरु नियमित रुपमा चलिरहेका थिए । ७४ किलोमिटर दुरीको उक्त ट्रयाकलाई ६ महिनाअघि सडक बिभागले अस्थायी स्विकृती दिएपछि यातायात व्यवस्था कार्यालयले सवारी सञ्चालनका लागि अस्थायी अनुमति दिएको हो । रुट कायम नभएका कारण भाडादर निर्धारण र सवारी सञ्चालनका बिषयमा व्यवसायी बिच निकै विवाद हुँदै आएको थियो । तर अहिले अस्थायी रुट पाएपछि भाडादर समेत समायोजन गरिएको छ । यो रुटमा २६ सीटसम्मको गाडी गुडाउन पाउने गरी ६ महिना अघि अस्थायी स्विकृती पाएको म्याग्दी जीप तथा बस ब्यवासायी समितिका सचिव सुरेज केसीले जानकारी दिए ।
तर अस्थायी रुट कायम भएपनि यो रुटमा यात्रा गर्ने यात्रुले तोकिएको भन्दा दोब्बर बढी भाडा तिर्न बाध्य भएका छन् । ३ वटा यातायात समितिका गाडीहरु गुड्ने भएपनि ट्राभल एजेन्सीबाट टिकट बुकिङ गर्नुपरेका कारण उनीहरुले बढी भाडा तिरेका हुन् । ट्राभल एजेन्सीहरुले तोकिएको भन्दा दोब्बर भाडा असुल्ने गरेको पाईएको छ । पोखरा जोमसोम रुटमा ९५० रुपैयाँ भाडादर तोकिएपनि एजेन्सीहरुले १५०० रुपैयाँसम्म लिँदै आएका छन् । यात्रुहरुले भने सम्बन्धित निकायले अनुगमन नगर्दा बढी भाडा तिर्नु परेको गुनासो गरेका छन् । म्याग्दी जोमसोम रुटमा भने ७५० रुपैयाँ भाडा कायम गरिएको छ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले पनि ट्राभल एजेन्सीले बढी भाडा असुलेको गुनासो समितिसम्म आईपुगेकाले तत्काल एजेन्सीबाट टिकट लिने ब्यवस्था हटाउने तयारी गरिएको बताए । यात्रुहरुको गुनासो आईरहेको छ, उनी भन्छन्—त्यसैले हामीले हाम्रै काउण्टरबाट मात्रै टिकट लिन यात्रुसँग आग्रह गरेका छौं । यो बिषयमा तत्काल सूचना समेत प्रकाशित गरिने उनले बताए ।

  

एजेन्सीहरुले जथाभावी रुपमा रकम असुलेका छन्, केसीले भने—हामीलाई ९५० भन्दा दिँदैनन् अरु उनीहरुले नै कमिसनको रुपमा लिने गरेका छन् । यात्राका क्रममा ठगिनबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने यातायात ब्यवसायीहरुले बताएका छन् । सडक विभागले अस्थायी रुट स्विकृती दिएपनि यो सडकको स्तर भने कमजोर रहेको सरोकारवालाहरुले गुनासो गरेका छन् । यातायात व्यवसायी बिच बिवाद बढेको र महँगो भाडादरका कारण यात्रुलाई मर्का परेको भन्दै रुट ईजाजत प्रश्ताव समितिले यो रुटलाई पनि अस्थायी रुट कायम गर्न सिफारिस गरेको थियो । अस्थायी रुट कायम भएसँगै अहिले पोखरादेखि जोमसोमसम्म सीधा बस सञ्चालन समेत सुरु भएको छ । यो रुट १४८ किलोमिटरको छ ।

म्याग्दीको रुप्सेमा सडक अबरुद्ध
पोखरा जोमसोम सडक खण्डमा सीधा बस सेवा अबरुद्ध भएको छ । यो सडक खण्डको म्याग्दी स्थित रुप्सेमा सडक खाल्डो परेर पानी जमेपछि गाडी वारपार हुन नसकेको हो । अहिले पोखरा र बेनीबाट गएको गाडी र मुस्ता∙बाट झरेको गाडी रुप्सेमा पुगेर यात्रु वारपार गर्ने गरिएको म्याग्दी जीप तथा बस ब्यवसायी समितिका अध्यक्ष सुरज केसीले जानकारी दिए । सडकमा ठूलो खाल्डो परेको छ, उनले भने—खाल्डोमा खोलाको पानी जमेकाले ईन्जीन भरी पानी भरिन्छ अनि गाडी पार हुनै सक्दैन । सडक अबरुद्ध भएको २÷३ दिन वितिसक्दा पनि सरोकारवाला निकायले मर्मत गर्न चासो नदिएको उनले बताए ।

-आबिष्कार दैनिक

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More