पोखरा पहिरो : सातजनाको मृत्यु, ११ जना घाइते, म्याग्दीमा ३२ जना वेपत्ता

10 July, 2020 14:59 | जल/वातावरण/स्वास्थ्य | comments | 22350 Views

कास्कीमा पहिरोमा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ भने ११ जना घाइते भएका छन् । यसै गरी म्याग्दीका विभिन्न ठाउँमा पहिरोमा परेर ३२ जना बेपत्ता भएका छन् ।

पोखरा-१८ सराङकोटको गोठादीका टंकबहादुर थापाको घर पहिरोमा परेको थियो । थापासहित उनकी श्रीमती सोममाया थापा, दुई नाती र छिमेकी इशीका थापाको ज्यान गएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।

  

पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर ज्यान गएको छ । पोखरा-२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पर्दा उनका आमा हिमकला अधिकारीको ज्यान गएको छ ।

म्याग्दीको धौलागिरि, मालिका र मंगला गाउँपालिमा खसेको पहिरोमा ३२ जना हराइरहेको म्याग्दी प्रहरीले जानकारी दिएको छ ।

धौलागिरीको मराङमा मात्र २२ जना पहिरोमा हराइरहेको र मालिका गाउँपालिकामा पनि ८ जना हराइरहेको खबर आएको छ । ठाउँठाउँमा पहिरो खसेर बाटो छेकेका कारण उद्दारमा जानसमेत अबरोध भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More