पर्यटन क्षेत्रपर्यटन क्षेत्र

  • पर्यटन क्षेत्र
  • पर्यटन क्षेत्र
  • पर्यटन क्षेत्र
  • पर्यटन क्षेत्र
  • पर्यटन क्षेत्र
  • पर्यटन क्षेत्र

पोखरा र कैलालीमा पर्यटन क्षेत्रमा सहकार्य गरिने

12 August, 2019 12:00 |कर्पोरेट/पर्यटन | comments | 12300 Views

    पर्यटन क्षेत्र

    पोखरा तथा कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिबीच आइतबार पर्यटन प्रवद्र्धन, लगानीका सम्भाव्यता विषयमा छलफल भएको छ । उद्योगी-व्यवसायीले भोगेका समस्या समाधानका लागि समान धारणा बनाएर अघि बढ्नुपर्ने छलफलमा सहभागीले धारणा राखेका छन् ।

    adsads

    जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घको अध्ययन अवलोकन भ्रमणमा निस्केको प्रतिनिधिमण्डललाई पोखरामा स्वागत गर्दै सङ्घका कार्यवाहक अध्यक्ष विन्दु कोइरालाले उद्योगी-व्यवसायीबीच साझा कार्यसूची हुनुपर्ने बताउनुभयो । सुवेदीले पर्यटन उद्योगमा अब्बल देखिएको पोखरा र उस्तै सुन्दर सुदूरपश्चिमबीच पर्यटनको क्षेत्रमा सहकार्य गर्न सकिने सम्भावना औँल्यानुभयो ।

    कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिमको प्रचार गर्नु आफ्नो भ्रमणको उद्देश्य भएको धारणा राख्नुभयो । कैलाली उद्योग वाणिज्य सङ्घकै पहलमा पश्चिममा एक हजार पर्यटकीय गन्तव्यको पहिचान भएको उल्लेख गर्दै सुदूरपश्चिम घुम्नका लागि उहाँले निम्तोसमेत दिनुभयो ।

    पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक महासचिव चिनु गुरुङले उद्योगी-व्यवसायीले भोगेका समस्या साझा भएकाले समाधानमा पनि व्यवसायी एकजुट हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा सहभागी सदस्यले ढुवानीमा अनलाइन ट्र्याकिङ प्रणाली अव्यावहारिक भएको र नेपाल उद्योग वाणिज्य सङ्घमा रहेका व्यक्ति नै सरकारको प्रवक्ताजस्तो देखिँदा व्यवसायीका मुद्दा ओझेलमा परेका धारणा राख्नुभएको थियो ।

    नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटन क्षेत्रको सुरक्षा आवश्यक

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पर्यटन क्षेत्र

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More