पोप फ्रान्सिसपोप फ्रान्सिस

  • पोप फ्रान्सिस
  • पोप फ्रान्सिस
  • पोप फ्रान्सिस
  • पोप फ्रान्सिस
  • पोप फ्रान्सिस
  • पोप फ्रान्सिस

पोप फ्रान्सिसले नोभेम्बरमा जापान र थाइल्याण्डको भ्रमण गर्ने

14 September, 2019 11:20 |विश्व समाचार | comments | 3300 Views

    पोप फ्रान्सिस

    इसाई धर्मका सर्वोच्च गुरु पोप फ्रान्सिसले आगामी नोभेम्बरमा जापान र थाइल्यान्डको भ्रमण गर्न लाग्नुभएको भ्याटिकनले शुक्रबार घोषणा गरेको छ ।आगामी नोभेम्बर १९ देखि २६ मा हुने यस भ्रमणका क्रममा उहाँले जापानका हिरोशिमा र नागासाकीको पनि भ्रमण गर्नु हुनेछ ।

    adsads

    भ्याटिकनद्वारा जारी विज्ञप्तिमा पोप फ्रान्सिसले थाइल्यान्डमा नोभेम्बर २०–२३ र जापानमा नोभेम्बर २४–२६ मा भ्रमण गर्नु हुनेछ ।यसअघि पोप जोन पलले ४० वर्षअघि जापानको भ्रमण गर्नुभएको थियो । पोप फ्रान्सिसले गत जनवरीमा जापान भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । जापानमा करिब ४ लाख ५० हजार रोमन क्याथोलिक सम्प्रदायका इसाईहरुको बसोबास छ ।

    जापानको सांस्कृतिक मामिलासम्बन्धी निकायले जापानमा करिब ५ लाख १० हजार प्रोटेस्टान्ट सम्प्रदायका इसाई छन् । जापानमा मुख्यरुपमा शिन्तो बुद्धिस्ट रहेका छन् ।

    पाँच वर्षअघि भ्याटिकनको प्रमुख भएयता उहाँले दुई पटक एसियाली मुलुकको भ्रमण गरिसक्नु भएको छ । उहाँले सन् २०१४ मा फिलिपिन्स र श्रीलंका तथा गत वर्ष म्यान्मार र बंगलादेशको भ्रमण गर्नुभएको थियो ।

    पोप फ्रान्सिस आगामी वर्ष जापान जाने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पोप फ्रान्सिस

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!