पोर्चुगलमा एक नेपाली कोरोना संक्रमित- ७४ जना नेपाली क्वारेन्टाइनमा

17 March, 2020 12:57 | प्रदेश | comments | 66900 Views

 

पोर्चुगलको फारोमा कृषि मजदुरका रुपमा ग्रामीण इलाकामा काम गर्ने एक नेपाली नागरिकलाई कोरोना सङ्क्रमण भएको छ । यसै क्रममा सङ्क्रमित नेपालीसंँगै बस्ने, सँंगै काम गरेका र सम्पर्कमा भएका ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको फारो नगरपालिकाका प्रमुख रोगिरियो बाकलहाउले सो घटनाको पुष्टि गर्नुभएको हो ।

  

नेपालीमा कोभिड– १९ पुष्टि भएपछि सङ्क्रमण फैलन नदिन उनीसंँगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको आइतबार व्यापक खोजी गरिएको थियो ।  फारोका प्रमुखका अनुसार स्वास्थ्य निर्देशनालयको मस्यौदाले कोरोना सङ्क्रमित नेपालीसहित अन्य नयाँ बिरामीको पुष्टि भएको हो । कोरोना सङ्क्रमित कृषि मजदुर नेपाली नागरिक भएको पुष्टि भए तापनि उनको नाम र उमेरबारे केही खुलाइएको छैन ।

नेपाली कन्सुलर मकरबहादुर हमालले ७४ नेपालीलाई क्वारेन्टाइनमा राखिएको र एक नेपालीलाई सङ्क्रमित भएको स्थानीय समाचार माध्यमले जनाएपछि सोबारे कूटनीतिक पहल गरिने बताउनुभयो । उहाँले सम्पूर्ण नेपालीलाई सुरक्षित रहन अनुरोध पनि गर्नुभयो ।

उहाँका अनुसार कोरोना सङ्क्रमित ती नेपाली कति मानिससँग काम गर्छन्, कहाँ र कोसँग बस्छन्, उनको सम्पर्कमा को को कति जना मान्छेहरु रहेका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ । कोरोनाबाट अन्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने उपाय पनि अवलम्बन गरिनेछ ।

फारोका प्रमुखले स्थानीयवासीलाई घरमै रहन, धेरै मानिस भएका ठाउँमा नजान, क्याफेमा नजान र भेला नहुन तथा र सरकार र सरकारी अधिकारीको निर्देशनलाई पालना गर्न आग्रह गर्नुभएको छ । पोर्चुगलमा पछिल्लो समयमा २७६ जना कोभिड –१९ बाट सङ्क्रमित भएको बताइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More