जीएनआर सैनिकजीएनआर सैनिक

  • जीएनआर सैनिक
  • जीएनआर सैनिक
  • जीएनआर सैनिक
  • जीएनआर सैनिक
  • जीएनआर सैनिक
  • जीएनआर सैनिक

पोर्चुगलमा दुई नेपाली कामदारमाथि दुर्व्यवहार गर्ने चार सैनिक निलम्बित : एक पक्राउ

10 May, 2019 16:07 |प्रबास | comments | 38700 Views

    जीएनआर सैनिक

    गणेश पाण्डे, पोर्चुगल –पोर्चुगलको विला नोवा डे मिलफन्ट्स क्षेत्रमा कृषिमा काम गर्ने २ जना नेपालीहरुलाई दुर्व्यवहार गर्ने पक्राउ परेका ४ जना जीएनआर सैनिक निलम्बित भएका छन् भने थप एक सैनिक पक्राउ परेका छन्। नेपाली कृषि मजदुर र कृषि व्यवसायका मालिकको बीचमा विवाद हुँदा मालिकसंगको सम्बन्ध र भनसुनको आधारमा ति सैनिकहरुले नेपाली कामदारमाथि दुर्व्यवहार, ज्यादती र शक्ति प्रदर्शन गरेका थिए।

    adsads

    आप्रवासी नेपालीहरुको वासस्थान पत्ता लगाएर रातिको समयमा नेपाली कामदारको घरमै गएर अपहरण शैलीमा जिएनआर सैनिकहरुले दुव्यवहार गरेको र भौतिक आक्रमण गरेको आरोप लागेको छ। शुरुमा एक जना सैनिक मात्रै नेपाली कामदारको वासस्थानमा गएतापनि पछि उनले फोन गरेर अन्य ३ सैनिकहरुलाई बोलाएर नेपालीमाथि दुर्व्यवहार गरेका थिए। नेपाली कामदारको बचाउमा आएका अर्का नेपालीलाई समेत अपहरण र दुर्व्यवहार गरेको आरोप सैनिकहरुलाई लागेको छ।

    आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नेपाली कृषि कामदारमाथि दुर्व्यवहार र शक्ति प्रदर्शन र कुटपिट गरेका उनीहरुलाई अपरहण र ज्यान मुद्धा लागेको छ। बुधबार बिहान पक्राउ परेका ४ जना सैनिकहरुलाई कारवाहीको लागि बिहिबार अदालतमा उपस्थित गराईएको थियो भने अदालती बयान पछि थप एक सैनिक पक्राउ परेका छन्।

    घटना अक्टोबर २०१८ को हो। पीडित नेपालीहरुले सेनाको ज्यादतीको बारेमा पोर्चुगलको न्यायिक प्रहरीमा उजुरी दिएका थिए। पीडितहरुको उजुरी र प्रमाणका आधारमा यहाँको न्यायिक प्रहरीले घटनामा संलग्न सेनाका अधिकारीहरुलाई पक्राउ गरेको हो।

    क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    जीएनआर सैनिक

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!