पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाईपोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई

  • पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई
  • पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई
  • पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई
  • पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई
  • पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई
  • पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई

पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई

24 September, 2019 14:57 |प्रबास | comments | 8550 Views

    पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई

    योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल – लिस्बनमा सोमबार सम्पन्न सेभेन ए साइड फुटबलमा नेप्जुम समूह विजयी भएको छ । फाइनलमा जाम्बुजेइरा समूहलाई ३-१ को गोल अन्तरले पराजित गर्दै सहभागी १८ समूहमध्ये नेप्जुम प्रथम हुन सफल भएको हो ।

    adsads

    सेमिफाइनलमा जाम्बुजेइराले नेप फ्याम समूहलाई पेनाल्टी सुट आउटमा ६-५ को गोल अन्तरले हराएको थियो । नेप्जुमले फ्रेन्डस युनियन लिस्बनलाई ५-२ ले पराजित गरेको थियो ।

    यसअघि क्वार्टर फाइनलको नक आउट चरणमा नेप्जुमले बेल्जियम समूहलाई, नेप फ्यामले मदन भण्डारी स्पोर्टस क्लबलाई, फ्रेन्डस युनियनले बागलुङ समूहलाई र जाम्बुजेइराले साओ तोतेनिओ समूहलाई हराएका थिए ।

    लिग चरणबाट ए समूहबाट बागलुङ ‘क’ समूह, मालभेरा समूह र तमु समाज ‘क’ समूह बाहिरिएका थिए । बी समूहमा रहेका नेप्जुम ‘ख’ समूह, र तोरेस भेद्रास पनि लिग चरणबाटै बाहिरिएका थिए । सी समूहबाट युनाइटेड ब्रदर्श समूह, फ्रिडम मन्तिजु र तामाङ समाज बाहिरिए । समूह डीका तमु समाज ‘ख’ र एभरेष्ट भिजन समूह पनि लिग चरणबाटै बाहिरिन पुगेका थिए ।

    खेल अवधिभर अनुशासित र मिहेनती खेलाडीकारुपमा ईश्वर तामाङ १०० युरो नगद, ट्रफी र प्रमाण पत्रले पुरष्क्रित भए । यसैगरी खेल अवधिभर ११ गोल प्रहार गरेर जुरासिक मौसम नेपालले सर्वाधिक गोल गर्ने खेलाडीलाई राखिएको पुरस्कार १०० युरो नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

    प्रथम हुने समूह नेप्जुमले १५ सय युरो नगद, कप, मेडल र प्रमाण पत्र, द्वितीय हुने जाम्बुजेइरा समूहले ७ सय युरो नगद, कप, मेडल र प्रमाण पत्र पुरस्कार पाएका छन् । तमु समाज पोर्तुगलले आयोजना गरेको यो प्रतियोगितामा पोर्तुगलका १७ र बेल्जियमको एक समूहको सहभागिता रहेको थियो ।

    औपचारिक कार्यक्रममा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तिलक गैरे र पर्यटन प्रतिनिधि रमेशकुमार गुरुङले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष विकास गुरुङले गरेका थिए भने सञ्चालन सचिव तारा गुरुङले गरेका थिए । प्रतियोगिता भितुरिया क्लब लिस्बन ओलाइयसमा सम्पन्न भएको थियो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    पोर्तुगल सेभेन ए साइड फुटबलको उपाधि नेप्जुम समूहलाई

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!