खोलाले बगायो खोलाले बगायो

  • खोलाले बगायो
  • खोलाले बगायो
  • खोलाले बगायो
  • खोलाले बगायो
  • खोलाले बगायो

पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु

2 August, 2019 00:36 | जन सरोकार | comments | 22650 Views

खोलाले बगायो

बारामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर इब्राहिम अन्सारीका छोरा १० वर्षका साहिल र महागढीमाई नगरपालिका हाल मामाघर प्रसौनीमा बस्दै आएका अजमुरला अन्सारीका छोरा १२ वर्षीय अरमान रहेको प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।

बिहानै बाख्रा चराउन गएका दुई जना नुहाउने क्रममा करीब ११ बजे पानीमा डुबेर गम्भीर घाइते भएपछि उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिनुभयो । मृतक ती दुई बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ । पानीमा डुबर मृत्यु हुनेको सङ्ख्या बारामा पाँच पुगेको छ ।

  
नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
खोलाले बगायो

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More