पौडेलको मृत्यु प्रकरण- गृहमन्त्रीसंग आक्रोशित पूर्व गृहमन्त्री शर्मा

23 June, 2019 15:48 | राजनीति | comments | 30600 Views

बिहिबार सर्लाहीमा भएको गोली काण्डमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको विषयमा पूर्व गृहमन्त्री तथा नेकपा सांसद जनार्दन शर्मा आक्रोशित हुनुभएको छ ।

समितिको आइतबारको बैठकमा शर्माले पौडेलको मृत्यु गम्भीर प्रकृतिको भएको भन्दै सम्बन्धित निकायसँग छलफल गर्न र सत्य–तथ्य पत्ता लगाउन माग गर्नुभएको छ ।

adsads

शर्माले विप्लव समूहका नेता पौडेललाई छियाछाया पारेर मारिएको जानकारी आफूले जनस्तरबाट पाएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गर्नुभएको हो ।

बैठकमा शर्माले भन्नुभयो संविधान र कानुनभित्र कारवाही गर्न उचित हुन्छ त्यसमा हाम्रो केही आपत्ति छैन । तर, निर्मम ढंगले मारिएको भन्ने सूचनाहरु जनस्तरबाट बुझेको हुनाले यो मलाई त पञ्चायती बर्बरताको जस्तो कुरा लाग्यो । सत्य के हो, त्यो चाहियो, सत्य यो हो भनेर भन्नुपर्‍यो जनतालाई ।

सांसद शर्माले जनतालाई भड्काउने खालका घटनाहरु भइरहेको बताउँदै त्यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने आशंका गरे । उनले यस्ता घटनालाई रोक्नुपर्नेमा जोड दिनसभयो ।

समिति सभापति शशी श्रेष्ठले यस विषयमा सोमबार गृह मन्त्रालयका अधिकारीसँग छलफल गर्ने जानकारी दिनुभएको छ ।

सोमबार गृहमन्त्रीलाई विपद् व्यवस्थापनको तयारीबारे छलफल गर्ने भनेर समितिले बोलाएको थियो । तर, आइतबारको बैठकमा कुमार पौडेलको विषयमा पनि कुरा उठेपछि दुवै विषयमा सोमबार छलफल गर्ने निर्णय भएको सभापति श्रेष्ठले बताउनुभयो ।

सर्लाहीमा विप्लव समूह र प्रहरीबीच भिडन्त- जिल्ला इन्चार्ज पौडेल मारिए

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!