पौडेल र भारतीयमन्त्री सिंहबीच भेट

16 January, 2020 15:07 | राजनीति | comments | 30450 Views

रक्तचापको उपचार गर्न नयाँ दिल्लीमा रहनुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र भारतका रक्षामन्त्री एवं भारतीय जनता पार्टीका पूर्वअध्यक्ष राजनाथ सिंहबीच भेटवार्ता भएको छ ।

भेटमा द्विपक्षीय सम्बन्ध र वर्तमान राजनीतिक अवस्थाबारे छलफल भएको नेता पौडेलले जानकारी दिनुभएको छ ।

  

वरिष्ठ नेता पौडेल रक्तचापको समस्या देखिएपछि उपचारका लागि सोमबार भारतको नयाँदिल्ली जानुभएको थियो । स्वास्थ्योपचारसँगै राजनीतिक भेटवार्ता पनि भएको र बिहीबार थप भारतीय उच्च नेतासँग भेटवार्ता हुने सम्भावना रहेको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी उपचारका लागि नयाँदिल्लीमा रहनुभएका नेता पौडेलले सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान दिएको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रूपमा रहेको मकरसङ्क्रान्ति र माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भनी नेता पौडेलले शुभकामना दिनुभएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More