प्रकाशमान सिंह प्रकाशमान सिंह

  • प्रकाशमान सिंह
  • प्रकाशमान सिंह
  • प्रकाशमान सिंह
  • प्रकाशमान सिंह
  • प्रकाशमान सिंह
  • प्रकाशमान सिंह

प्रकाशमानको स्वीकारोक्ति- भेदभावूर्ण व्यवहारले ऊर्जाहीन बनायो

28 April, 2019 15:30 | राजनीति | comments | 9750 Views

प्रकाशमान सिंह

गुटबन्दीका कारण गतिहीन बनेको नेपाली कांग्रेस आम कार्यकर्ता तथा जनतामाझ जागरण अभियान संचालन गर्दैगर्दा नेताहरुका आआफ्ना स्वार्थपूर्ण धारणाले कार्यकर्तामा ऊर्जा भर्न नसकिएको कांग्रेसका एक नेताले बताएका छन् ।

कांग्रेस नेता प्रकाशमान सिंहले संखुवासभामा आइतबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा भेदभावपूर्ण व्यवहारले नेता-कार्यकर्तामा ऊर्जा भर्न नसकिएको स्वीकार गर्दै अब पार्टीमा आन्तरिक एकता सुदृढ गरेर अगाडि बढ्नुको विकल्प नभएको र मनमुटाव छाडेर एकढिक्का हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

adsads

संखुवासभा क्षेत्र नम्बर २ ले आइतबार सदरमुकाम चैनपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै नेता सिंहले संगठन मजबुत बनाउन एकताबद्ध भएर अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।

कांग्रेसले जनता र मुलुकको हितमा महत्वपूर्ण काम गर्दागर्दै पनि जनताले विश्वास गर्न नसक्नु कांग्रेस नेतृत्वप्रतिको अविश्वास हो भन्दै उहाँले यसलाई सुधार्दै अगाडि बढ्नुपर्ने र पार्टीलाई विधिसम्मत तवरले चलाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका नेता सिंहले जनता कांग्रेसको पक्षमा छन्, जनता कांग्रेस राम्रो होस् भन्ने चाहन्छन्, तर कांग्रेस विधिविधान सम्वत तवरले चल्न सकेन । अब पार्टीभित्र आन्तरिक सुदृढीकरण गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा उहाँले सरकारको आलोचना गर्दै वर्तमान सरकार स्वेच्छाचारी तवरले चलेकाले सडकदेखि सदनसम्म कांग्रेस सशक्त रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेसले आफूलाई सुधार गर्न नसके कांग्रेस अहिले भन्दा पनि झन् कमजोर हुने बताउँदै सबै मिलेर पार्टी सुधारको अभियानमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईं लगायतले धारणा राखेका थिए ।

नेता सिंह सहितको टोलीले आइतबार नै संखुवासभा जिल्लामा आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रकाशमानको टोलीमा आधा दर्जन पूर्वमन्त्री र आधा दर्जन जिल्ला सभापतिसमेत छन् । वैशाख १३ गतेदेखि पूर्वी नेपालको बिभिन्न जिल्ला दौडाहामा रहेका प्रकाशमान १७ गते काठमाडौं फर्कने कार्यक्रम छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिबिरुद्ध ६५ जिल्ला सभापतिहरु 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशमान सिंह

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

फेसबुक

‘अधिनायकवादतर्फ उन्मुख सरकार’

ट्वीटर

सामाजिक सञ्जाल

More