प्रकाश सपुत दलीत भएकै कारण हेप्न पाइँदैन (भिडियोसहित)

25 June, 2019 21:00 | राजनीति | comments | 20700 Views

पछिल्लो समय निकै चर्चामा रहेको लोकदोहोरी गीत गलबन्दी च्यातियो तिम्ले तानेर गीत चोरी भएको भन्दै उजुरबाजुर तथा सामाजिक संजालमार्फत आक्रोश व्यक्त भएपछि यो विषय संसदमा प्रवेश भएको छ ।

प्रतिनिधिसमाको बैठकमा सांसदहरुले गीतका सम्बन्धमा कुनै समुदायमाथि नै आघात हुने गरी सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै दोषीलाई कानूनी कारवाही गर्न माग गरेका छन् ।

adsads

यो गीतको सक्कल आफ्नो भएको भन्दै पुराना गायक शम्भु राईले मुद्दा हाल्ने भन्दै संचार माध्यममा अभिव्यक्ति दिएपछि विवाद बढेको थियो । गायक प्रकाश सपुतले केहीको केही भाखा मिले पनि नक्कल नगरेको प्रष्टिकरण दिंदै आएका छन् ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद विमला विकले ‘गलबन्दी च्यातियो…’ शीर्षकको गीतको लय नक्कल भएको भन्दै गीतका सर्जकद्वय प्रकाश सपुत र शान्ति श्री परियारमाथि सामाजिक सञ्जालमा तल्लोस्तरको टिप्पणी हुँदा पनि सरकार मुकदर्शक भएको भनी आपत्ति जनाउँदै सम्बन्धित व्यक्तिलाई कानूनी कारवाही गर्न माग गर्नुभयो ।

सोमबारको बैठकमा पनि सांसद राजेन्द्र केसीले एउटा दलीत कलाकारले गाएको गीतलाई सत्तारुढ दलमा आबद्ध कलाकारले आफ्नो भनेर दावी गर्नु र त्यसलाई अन्यबाट आलोचना गर्दा जातीय विभेद बढ्ने चेतावनी दिनुभएको थियो ।

लोकगीत कसैको व्यक्तिगत सिर्जना नभएर पाखापखेराको सुस्केरा हो भन्ने तर्क गर्दै केसीले गीत र गीतका सर्जकमाथिको अमर्यादित आलोचना बन्द गर्न आग्रह गर्नुभएको थियो ।

त्यस्तै सांसद महेश्वरजङ्ग गहतराजले पनि गीतको लय नक्कल भएको भन्ने सम्बन्धमा सामाजिक सञ्जालमा भएका टिप्पणीप्रति आपत्ति जनाउँदै जातीय द्वन्द्व फैलाउने गरी टिप्पणी गर्ने व्यक्तिलाई कानूनी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सिरिञ्ज आक्रमण घटना रोक्न माग
सांसद मीनबहादुर विश्वकर्माले ढुवानीमा मूल्यअभिवृद्धि कर लगाउँदा समस्या भएकाले उक्त कर खारेज गर्न माग गर्नुभयो । सांसद मीना सुब्बाले केही सातायता काठमाडौँमा सिरिञ्ज आक्रमणका घटना बढेकाले यसलाई नियन्त्रण गर्न र सर्वसाधारणलाई यसको त्रासबाट बचाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद मैनाकुमारी भण्डारीले स्वास्थ्य बीमा गरेका ठूला रोग लागेका बिरामी काठमाडौँ आउनैपर्ने बाध्यता भएकामा तिनलाई वीर अस्पताल र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको व्यवस्था गराउन माग गर्नुभयो । सांसद यज्ञबहादुर बोगटीले अछाममा विप्लव समूहका कार्यकर्ताले एक निजी घरमा आगजनी गरेको घटनाबारे सरकारको ध्यानाकर्षण गराउँदै पर्याप्त सुरक्षाको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद रामकुमारी झाँक्रीले राज्यका तर्फबाट विभिन्न घटनामा दिइने क्षतिपूर्तिका सम्बन्धमा आवश्यक मापदण्डको अभावमा पहुँच हुनेले दोहोरो सुविधा लिने गरेका छन् भन्नुभयो ।

सांसद रामेश्वरराय यादव र रामबहादुर विष्टले सर्लाहीमा मारिएका विप्लवका कार्यकर्ता कुमार पौडेलको हत्या हो कि ‘इन्काउण्टर’ हो भन्ने प्रश्न गर्दै यस विषयमा छानबिन गर्न माग गर्नुभयो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!