प्रकृति र जीवनको सम्बन्ध माघे (मकर) सङ्क्रान्ति (भिडियोसहित)
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
तराईवासीले माघ १ गतेलाई नहानअर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।


उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जनविश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महीनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवादअर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि शुरु हुन्छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ । यस वर्ष अधिकमास (मलमास) कारण पौष शुक्ल पूर्णिमा केही दिनपछि परेको छ ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’
- नेपालको आन्तरिक मामिलामा बाह्यशक्तिले चासो राख्न थालेकामा चिन्ता व्यक्त
- यातायात व्यवसायीसंग घुस लिंदै गर्दा तीनजना प्रहरी पक्राउ
- होस पुर्याउनुस् जाडो भगाउन आगो बालेर सुत्दा ज्यानै जाला
- काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
- आगलागी- जनधनको क्षति र पर्यावरणीय हिसाबले ठूलो विपत्
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


