अध्यक्ष दाहाल अध्यक्ष दाहाल

  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल
  • अध्यक्ष दाहाल

प्रचण्डको घोषणा- आजै बेलुका एकताको बाँकी काम टुंगिने

16 July, 2019 19:08 | राजनीति | comments | 11700 Views

अध्यक्ष दाहाल

दुई पार्टी एक भएको लामो समय बितिसक्दा पनि जिल्ल र केन्द्रीय तहका नेताहरुको जिम्मेवारी बाँडफाड लगायतका विषयमा कुरा नमिलेर अलमलमा परेका सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आज (असार ३१ गते) बेलुकासम्म पार्टी एकताको बाँकी काम टुंग्याउने बताउनु भएको छ ।

मंगलबार नेकपा ललितपुर जिल्ला कमिटीको शपथग्रहण समारोहमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो ।

adsads

त्यस क्रममा उहाँले भन्नुभयो प्रधानमन्त्री केपी शर्मा ओली र आफूले ले असार महिनाभित्र एकताको बाँकी काम टुंग्याउने भनेका थियौं, त्यसै अनुसार तीन दिनदेखि हामी गम्भीर गृहकार्यमा जुटेको र पार्टी एकताको सवै काम आज बेलुकासम्म टुंगो लगाउँछौं ।

केही दिनदेखि एकताको काम सकाउन आफूहरु लागिरहेको भन्दै अध्यक्ष प्रचण्डले आज बेलुकासम्म कार्यबिभाजन, जेष्ठ, कम्युनिस्ट मञ्च, सल्लाहकार कमिटी, बिशेष कमिटी, केन्द्रीय बिभाग टुंग्याउने बताउनुभएको हो ।

अध्यक्ष प्रचण्डका अनुसार आज टुंगो लगाएर केन्द्रीय सचिवालय बैठकमार्फत अनुमोदन गरिने छ । सचिवालयको अनुमोदनपछि स्थायी कमिटी बैठकमा लगेर पुनः अनुमोदन गराइने छ ।

ओली-प्रचण्ड पार्टी एकीकरण र मन्त्रिमण्डल पुनर्गठन प्याकेजमा गर्ने तयारी

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
अध्यक्ष दाहाल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!