प्रचण्डसँग मिलेरजाने बैद्य मादोवादीको निर्णय

5 February, 2015 14:09 | मध्यमाञ्चल , मुख्य समाचार | comments | 96600 Views

mohonमोहन बैद्य माओवादीको केन्द्रीय समिति बैठकले स्थायी समिति र पोलिटब्यूरोमा नेताहरुको बढुवा भएको छ । पदाधिकारी टीम भने पुरानै रहेको हो ।

बैठकले तत्काल मुद्दाका आधारमा एमाओवादी मोर्चासँग सहकार्य गर्ने निर्णयपनि गरेको छ । एमाओवादीहरु सँगको छलफल सकारात्मक छ भनेर अध्यक्षले भन्नुभएको छ’ वैद्य माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो।संविधानसभा विघटनको नाराका कारण तत्काल बैद्य र एमाओवादी आन्दोलनको एउटै मोर्चामा रहेका छैनन् । बैद्य माओवादीले एमाओवादीलाई संविधानसभा छाडेर आउन आग्रह गरेको छ । तर प्रचण्डले निर्णय गर्नुभएको छैन ।

प्रचण्ड नेतृत्वको एमाओवादी र बैद्य माओवादीबीच तत्कालीन कार्यनीतिमा संविधानसभालाई हेर्ने दृष्टिकोण र रणनीतिक कार्यनीतिमा संसदवादको विकल्पमा नयाँ जनवादबारे फरक मत देखिएको छ ।बैद्य माओवादीको केन्द्रीय समिति बैठकले फागुन १ देखि चैत २४ गतेसम्मको संगठन सुदृढीकरण तथा संघर्षका कार्यक्रम तय गरेको हो ।केन्द्रीय समितिको बैठकले स्थायी समिति र पोलिटब्युरो सदस्य विस्तार गरेको छ । सचिव विप्लवको ठाउँमा भने कसैलाई राखिएको छैन् ।माओवादीले स्थायी समितिमा पार्टी प्रवक्ता पम्फा भुसाल, हितमान शाक्य, हरिभक्त कँडेल, इन्द्रमोहन सिग्देल, नारायण शर्मा र कुलप्रसाद केसीलाई बढुवा गरिएको छ । यसअघि उनीहरु पोलिटब्युरो सदस्य थिए ।

  

त्यस्तै केही केन्द्रीय सदस्यलाई पोलिटब्युरोमा बढुवा गरिएको छ । पोलिटब्युरोमा बढुवा हुनेमा नेवाः राज्य इन्चार्ज दिनेश शर्मा, केन्द्रीय कार्यालयका सेक्रेटरी श्रीराम ढकाल, सूर्यप्रकाश सुवेदी, श्रीनाथ अधिकारी, चन्द्रहरि सुवेदी, सुरेश आलेमगर, पूर्ण घर्ती, महेश्वर दाहाल, सावित्री काफ्ले, अमृता थापा, यशोदा सुवेदी, पवनमान श्रेष्ठ, मायाप्रसाद शर्मा, दिलिप प्रजापति, रामप्रसाद आचार्य र लक्ष्मण पन्त छन् ।
विप्लवसहितका नेताहरु पार्टीबाट अलग भई गएपछि रिक्त रहेका केन्द्रीय सदस्यमध्ये ३७ केन्द्रीय सदस्य थप गरिएको छ । अब बैद्य माओवादीको केन्द्रीय समितिमा १२५ सदस्यी रहेका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More