प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्

  • प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्
  • प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्
  • प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्
  • प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्
  • प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्
  • प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्

प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्

23 August, 2019 12:10 |पत्रपत्रिका | comments | 31500 Views

    प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्

    भारतीय विदेशमन्त्री एस जयशंकर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट नगरी स्वदेश फर्किएका छन् । जयशंकरले बिहीबार बिहान ८ बजे नै प्रचण्डलाई भेटका लागि बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए ।

    adsads

    प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न बोलाए । तर जयशंकर प्रचण्ड भेट्न उनको निवास खुमलटार नगई स्वदेश फर्किएका हुन् ।पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेटेका छन् । जयशंकरले देउवासँग १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गरेका हुन् ।

    नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन् जयशंकर बुधबार नेपाल आएका हुन् । उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे । जयशंकर राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए भने प्रधानमन्त्रीलाई भेट्न बुधबार नै बालुवाटार पुगेका थिए ।

    प्रचण्डसँगै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललेसमेत जयशंकरसँग होटलमा गएर भेट गरेनन् । उनलेसमेत जयशंकरलाई भेट गर्न निवासमै बोलाएका थिए ।भारतीय दूतावासले भने एउटै पार्टीका नेतासँग एक्लाएक्लै भेट गर्ने नीति नै नभएको बताएको छ । नेकपा अध्यक्ष एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेपछि पार्टीका अन्य नेतासँग भेट नभएको दूतावास स्रोतको भनाइ छ ।

    दूतावासका अनुसार पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पार्टीको समूहमै होटल पुगेपछि भेटवार्ता भएको हो । प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालसँग छुट्टै भेट्ने कार्यक्रम नै नभएको दूतावास स्रोतको दाबी छ ।

    आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रचण्ड होटल गएनन्, जयशंकर खुमलटार गएनन्

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!