प्रचारप्रसारको अभावले ओझेलमा रुकुमको तातोपानी

15 December, 2016 16:10 |कर्पोरेट/पर्यटन | comments | 52200 Views

    tatopani-photo-of-rukum-58522c9b153375-15129452

    प्रचारप्रसारको अभावका कारण रुकुमको पोखरामा रहेको तातोपानी ओझेलमा परेको छ । पर्यटकका लागि निकै महत्वपूर्ण मानिएको यस स्थानमा तातोपानी मुहानको आवश्यक संरक्षण र प्रचारप्रसारको कमीले पर्यटकको आगमन हुन नसकेको स्थानीय बताउँछन् ।
    adsads

    धेरै वर्ष पहिलेदेखि नै यहाँ तातोपानीको मुहान रहेको भए पनि अहिले सानीभेरीको छेउमा सानो तलाउ बनेर रहेको छ । यो स्थलमा हरेक वर्ष माघ १ गतेका दिन बिहानै कसैसँग नबोली स्नान गरेमा उक्त व्यक्तिले गरेका सबै पापहरू पखालिने र शरीरका बिकार पनि हराएर जाने जनविश्वास छ । जसका कारण माघ १ मा नुहाउन आउने मानिसको भीड नै लाग्ने गरेको पोखराका लक्षिराम घर्ती बताउँछन् ।

    यसबाहेक तातोपानीमा नुहाएमा ढाड दुख्ने, जिउ चिलाउने जस्ता समस्या निको हुने विश्वासले जिल्लाका विभिन्न ठाँउ र अन्य जिल्लाबाटसमेत मानिस जाडो याममा यहाँ आउने गरेको भए पनि यो क्रम त्यति धेरै नरहेको स्थानियको भनाई छ ।

    यसको मुल कारण प्रचारप्रसारमा रहेको कमी र नुहाउनका लागि राम्रो व्यवस्थापन हुन नसक्नु रहेको पोखराका बिवेक केसीको भनाइ छ ।
    तातोपानीको मुहान नजिकै पुग्दा नुनको गन्ध आउने भएकाले यहाँ नुनखानी हुन सक्ने धेरैले औल्याउँछन् । लगभग ६० देखि ८० डिग्री तापक्रम रहेको यो पानीमा चामल राखेमा भातसमेत पाक्ने गरेको यहाँका स्थानीयले बताए ।

    यस स्थानको संरक्षण गर्न आवश्यक बजेटको व्यवस्था गर्न आफूले पहल गरेको भए पनि स्थानीय राजनीतिक दलको अडान अरू नै क्षेत्रमा हुने गरेकाले गाविसबाट बजेटको व्यवस्था हुन नसकेको र मुहानको संरक्षणसमेत गर्न नसकिएको पोखरा गाविसका सचिव कर्णबहादुर ओली बताउँछन् ।

    यो पनि हेर्नुहोस्-रोग निको पार्ने भन्दै धामीले तातोपानी खनाइदिँदा थुमसरा गम्भीर घाइते

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!