बैठक बैठक

  • बैठक
  • बैठक
  • बैठक
  • बैठक
  • बैठक
  • बैठक

प्रतिनिधिसभाको सोमबारको बैठकमा चार शोक प्रस्ताव पारित

30 April, 2019 00:10 | राजनीति | comments | 11700 Views

प्रतिनिधिसभाको आज(सोमबार)को बैठकले चार शोक प्रस्ताव पारित गरेको छ ।बैठकले २०४८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भिक्षु अश्वघोष, २०६४ सालको संविधानसभा सदस्य दिवाकर गोल्छा, २०४८ सालमा गुल्मी जिल्लाबाट निर्वाचित रुद्रमणि शर्मा भण्डारी र रुपन्देहीबाट २०४८ तथा २०५६ मा निर्वाचित रामकृष्ण ताम्राकारको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

adsads

बैठकले ती सबै शोक प्रस्ताव बेग्लाबेग्लै पारित गरेको हो । बैठकले उहाँहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । प्रतिनिधिसभाले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौनधारणसमेत गरेको थियो ।

भिक्षुको ९३ वर्षको उमेरमा गत चैत २२ गते, गोल्छाको ६७ वर्षको उमेरमा चैत २६ गते, भण्डारीको ७२ वर्षको उमेरमा चैत २८ गते तथा ताम्राकारको ७६ वर्षको उमेरमा यही वैशाख १० गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख २० गते शुक्रबार अपराह्न ६ बजे बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
बैठक

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More