प्रतिनिधिसभा विघटनले प्राप्त उपलब्धिमाथि गम्भीर चुनौती : नेपाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट नेपाली कम्युनिष्ट आन्दोलन, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि गम्भीर चुनौती थपिएको बताउनुभएको छ ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक तथा भेलालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धि रक्षा गर्दै प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध लड्ने आँट, साहस र हिम्मत अगाडि बढाउनुपर्ने बताउनुभयो । “अहिले अग्निपरीक्षा शुरु भएको छ, जो सङ्कटका बेला खुट्टा कमाउँछ, त्यसले मुलुक र जनताको हित गर्न सक्दैन”, उहाँले भन्नुभयो, “चुनौती सामान गर्न उच्च मनोबल र दृढ आत्मविश्वास हुनुपर्छ ।”

नेपालमा कम्युनिष्ट आन्दोलन जन्माउने, हुर्काउने र अगाडि बढाउनेमा महिलाको सशक्त भूमिका रहेको स्मरण गर्दै उहाँले जनताले प्राप्त गरेको अधिकार कुण्ठित हुँदा चुप लागेर बस्न नहुने बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विधान र पद्धति उल्लङ्घन गर्दा पार्टीभित्र समस्या देखिएको उहाँको भनाइ थियो । “प्रधानमन्त्रीले पार्टी विधान उल्लङ्घन गर्नुभयो, पार्टीले उहाँलाई अध्यक्षबाट हटाएको छ, पटकपटक पार्टी अनुशासन उल्लङ्घन गरेकाले उहाँ (ओली) लाई अन्तिम स्पष्टीकरणको पत्र पठाएका छौँ”, उहाँले भन्नुभयो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


