खानेपानीमन्त्री बीना मगरखानेपानीमन्त्री बीना मगर

  • खानेपानीमन्त्री बीना मगर
  • खानेपानीमन्त्री बीना मगर
  • खानेपानीमन्त्री बीना मगर
  • खानेपानीमन्त्री बीना मगर
  • खानेपानीमन्त्री बीना मगर
  • खानेपानीमन्त्री बीना मगर

प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउँछौँ : मन्त्री मगर

21 August, 2019 10:30 |राजनीति | comments | 9300 Views

    खानेपानीमन्त्री बीना मगर

    खानेपानीमन्त्री बीना मगरले देशभरका प्रत्येक नागरिकमा स्वच्छ र शुद्ध खानेपानी पुर्याउन सरकार लागिरहेको बताउनुभएको छ । देशभरका सबै प्रदेशका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार खानेपानी विभागले उपलब्ध गराएको ‘खानेपानी गुणस्तर परीक्षण मोबाइल भ्यान’को मंगलबार शुभारम्भ गर्दै उहाँले सबै जनतामा स्वच्छ र शुद्ध खानेपानी पुर्याउन सरकार लागिरहेको बताउनुभएको हो ।

    adsads

    “संविधानले नै हरेक नागरिकलाई स्वच्छ र शुद्ध खानेपानी पिउने अधिकारको ‘ग्यारेन्टी’ गरेको छ, त्यसलाई परिपूर्ति गर्न सरकार गम्भीर ढङ्गले लागेको छ”, उहाँले भन्नुभयो । पानी र ढलका सम्बन्धमा सरकार योजना बनाएर अगाडि बढेको उहाँको भनाइ थियो ।

    मन्त्री मगरले विपद्का बेला कतिपय जनताले स्वच्छ र शुद्ध खानेपानी पिउन नपाएर बिरामी पर्ने गरेको बताउँदै खानेपानी गुणस्तर मोबाइल भ्यानको उपलब्धतासँगै सबै जनताले स्वच्छ र शुद्ध खानेपानी उपभोग गर्न पाउने बताउनुभयो । ग्रामीण क्षेत्रमा सञ्चालित कतिपय आयोजनामा गुणस्तरीय पानी आए पनि कतिपय आयोजनामा गुणस्तरहीन पानी आउने गरेको बताउँदै उहाँले गुणस्तरहीन पानीको स्तरवृद्धिका लागि सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको उल्लेख गर्नुभयो ।

    खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दासले मोबाइल भ्यानको प्रयोगसँगै सबै प्रदेशका विभिन्न क्षेत्रमा पुगेर पानीको गुणस्तर परीक्षण गरिने बताउनुभयो । यस्तै, विपद्को बेला पानी शुद्धीकरण सामग्री लगेर विपद् प्रभावित क्षेत्रमा वितरण गरिने हुँदा सबै जनताले शुद्ध खानेपानी प्रयोग गर्न पाउने उहाँको भनाइ थियो ।

    रु दुई करोड १६ लाख लागतमा विभागले किनेको पाँच वटा भ्यान मंगलबार सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय बुटवल, पोखरा, सुर्खेत, जनकपुर र भरतपुरलाई मन्त्री मगरले वितरण गर्नुभएको हो । विभागले गत वर्ष सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इटहरी र धनगढीलाई भ्यान वितरण गरेको थियो ।

    मेलम्ची आयोजनाको बाँकी कामलाई तीव्रता दिन खानेपानीमन्त्रीको निर्देशन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    खानेपानीमन्त्री बीना मगर

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    योगेश भट्टराई

    फेसबुक

    योगेश भट्टराई

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!