करातेकराते

  • कराते
  • कराते
  • कराते
  • कराते
  • कराते
  • कराते

प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुसमा हुने

22 October, 2019 14:39 |खेल | comments | 6000 Views

    कराते

    नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघले आगामी पुस १८ र १९ गते प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुल कन्ट्याक्ट कराते प्रतियोगिता–२०७६ आयोजना गर्ने भएको छ । संघले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त अन्तर्राष्ट्रिय प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुर्याउने जनाएको छ ।

    adsads

    नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ सिहान अशोक कुमार श्रेष्ठका अनुसार प्रथम एसिया कप खुल्ला अन्तर्राष्ट्रिय पुरुष तथा महिला फुलकन्ट्याक्ट करा“ते प्रतियोगितामा विभिन्न ७/७ तौल समुह गरी जम्मा १४ समूह प्रतियोगिता सञ्चालन गरिने छ ।

    प्रतियोगितामा नेपाल, भारत, जापान, फिलिपिन्स, स्पेन, मोरोक्को, श्रीलंका, कम्बोडिया, बंगलादेश, चिन, उरुग्वे, ईटाली, स्विटजरल्याण्ड , पाकिस्तान, इण्डोनेशिया, बेलायत, ईरान, नेदरल्याण्ड , ब्राजिल, चिली, अष्टेलिया, अल्जेरिया, आर्मेनिया, भुटान, जर्मनी, साउथ अफ्रिका, थाईल्याण्ड गरी कम्तिमा २५ देशका पुरुष तथा महिला खेलाडीहरु गरी करिव छ सय जना खेलाडीहरुलाई प्रतिस्पर्धामा सहभागिता गराइने छ ।

    प्रतियोगितामा सहभागि खेलाडीहरुले विभिन्न १४ वटा गोल्ड, १४ वटा रजत तथा १४ कास्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन । बिजेता खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारहरु व्यवस्था गरिएको छ भने मुख्य आकर्षकको रुपमा खुल्ला तौल समूहमा खेल्ने स्वर्ण पदक विजेता पुरुष तथा महिलालाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

    उक्त प्रतियोगिताको सम्पूर्ण कार्यक्रमहरुको व्यबस्थापन एन.एफ.एच ईभेन्ट्सले गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    ‘अमेरिका कराते कप’मा हिक्मतलाई दुई स्वर्ण

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    कराते

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!