प्रदूषणले जोखिममा बालबालिका- हरेक ३९ सेकेण्डमा एकजनाको निमोनियाका कारण मृत्यु

15 November, 2019 17:12 |जल/वातावरण/स्वास्थ्य | comments | 6600 Views

    सबैभन्दा बढी मृत्यु नाइजेरियामा त्यसपछि भारत

    – यादब देवकोटा

    बढ्दो प्रदूषणका कारण विश्वमा निर्मूल भैसकेका रोगहरु पुनः बल्झिन थालेका छन् भने सामान्य लाग्ने स्वास्थ्य समस्याले बालबालिका तथा वृद्धवृद्धाहरुको ज्यान लिन थालेको छ । यस्तैमा पर्दछ निमोनिया र यसको जोखिम उचि बढ्दैगएको छ कि हरेक ३९ सेकेण्डमा एकजना बालबालिकाको मृत्यु हुने गरेको छ ।

    adsads

    निमोनिया सामान्य रोग मानिए पनि विश्वमा बढ्दै गएको प्रदूषणका कारण यसको जोखिम उच्च हुँदैगएको छ । पछिल्लो एक तथ्यांक अनुसार सन् २०१८ मा निमोनियाका कारण ५ वर्षभन्दा मुनीका ८ लाख बालबालिकाको मृत्यु भएको थियो ।

    यसरी बालमृत्युको सवालमा पहिलो स्थानमा नाइजेरिया छ भने दोस्रोमा भारत । त्यसपछि पाकिस्तान, कंगो र इथियोपिया रहेका छन् । नाइजेरियामा भारतमा सन् २०१८ मा १ लाख ६२ हजार बालबालिकाको निमोनियाका कारण मृत्यु भएको थियो भने भारतमा १ लाख २७ हजार, पाकिस्तानमा ५८ हजार, कंगोमा ४० हजार र इथियोपियामा ३२ हजार पाँच वर्षमुनिका बालबालिकाको मृत्यु भएको थियो ।

    संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)का अनुसार निमोनिया सामान्य रोग भए पनि पाँच वर्षभन्दा कम उमेरका बच्चाका लागि घातक बनिरहेको छ । विश्वमा हरेक ३९ सेकेण्डमा एक बच्चाको मृत्यु निमोनियाका कारण हुन्छ ।

    निमोनियाका कारण मृत्यु हुने अधिकांश बालबालिकाको उमेर दुई वर्षभन्दा कम रहेको र १ लाख ५३ हजार बालबालिकाको मृत्यु जन्मको पहिलो महिनामै भएको थियो । रिपोर्ट अनुसार मृत्यु भएका पाँच वर्षभन्दा कम उमेरका बालकालिकामा १५ प्रतिशत मृत्युको कारण निमोनिया थियो ।

    निमोनिया फोक्सोमा आउने एक प्रकारको खराबी हो । फोक्सोले कार्बनडाइअक्साइड फालेर अक्सिजन लिनुपर्ने हुन्छ । तर लिने ठाउँ नै धुवा, धुलोको कारणले ब्लक हुने हुँदा सोही ठाउँमा जम्मा भएर बसिरहन्छ । जसले गर्दा सहजै रूपमा अक्सिजन लिने र फाल्न गाह्रो हुन्छ ।

    ब्याक्टेरिया र भाइरसले निमोनिया गराउँछ । यो रोग लागेमा फोक्सोका कोषहरू सुनिन्छन्, श्वासप्रश्वासमा समस्या आउँछ । निमोनिया धेरैजसो सूक्ष्म किटाणुहरू जस्तै विभिन्न ब्याक्टेरिया, भाइरस वा फंगसहरूले गराउँछन् । उमेर तथा अन्य स्वास्थ्य अवस्थाले यी विभिन्न किटाणुको संक्रमणले प्रभाव पार्छ ।

    यस्तै गर्मीको समयमा बालबालिकालाई धेरै कपडा लगाइदिइने हँुदा पनि निमोनियाको सम्भावना बढी हुन्छ । धेरै कपडा लगाउँदा पसिना आउने र त्यही पसिना शरीरले सोच्ने हुँदा निमोनिया हुनसक्छ । निमोनिया चिसो, धुवाँ, धुलो सबै मौसममा हुने र सबै उमेरका व्यक्तिमा हुन्छ ।

    बालबालिकालाई तातो र न्यायो बनाएर राख्नाले पनि निमोनियाबाट बचाउन सकिन्छ । यस्तै बालबालिकालाई निमोनियाबाट बचाउन आमाको दूधको महत्वपूर्ण भूमिका हुन्छ । बालबालिकालाई निमोयोनियाबाट बचाउनको लागि आमाको दूध अनिवार्य खुवाउनुपर्छ । दूध खुवाउन नहुने अवस्था नै छ भने चाहिँ नखुवाउँदा हुन्छ । यदि मिल्ने छ भने ६ महिनासम्म बालबालिकालाई आमाको दूधको एकदमै जरुरी हुन्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    राशिफल

    फेसबुक

    राशिफल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More