मुख्यमन्त्री शेरधन राईमुख्यमन्त्री शेरधन राई

  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई
  • मुख्यमन्त्री शेरधन राई

प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्र बनाउने –मुख्यमन्त्री राई

14 September, 2019 00:30 |प्रदेश , प्रदेश १ | comments | 12450 Views

    मुख्यमन्त्री शेरधन राई

    प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई स्वास्थ्य पर्यटन केन्द्रको रुपमा विकास गर्ने सरकारको चाहना रहेको बताउनुभएको छ । विराटनगर आँखा अस्पतालको १३ औँं वार्षिकोत्सव एवं पेइङ जाँच सेवा र रेफ्रेक्टिभ सर्जरी सेवाको शुक्रबार यहाँ उद्घाटन गर्दै उहाँले अन्धोपन न्यूनीकरणमा देशमा ठूलो पहिचान बनाएकामा प्रशंसा व्यक्त गर्नुभयो ।

    adsads

    मुख्यमन्त्री राईले न्यून शुल्कमा गुणस्तरीय सेवा प्रदान गरी विदेशी मुलुकका नागरिकलाई आकर्षित गर्ने कार्यबाट सबैले प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो ।

    नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय अध्यक्ष तीर्थप्रसाद मिश्रले सङ्घले अन्धोपन निवारणमा ९० प्रतिशत सहयोग पु¥याएको दाबी गर्दै आँखा उपचारका बिरामीले प्रयोग गर्ने सामग्रीमा भन्सार छुटको माग गर्नुभयो ।

    सङ्घद्वारा सञ्चालित अस्पतालले विदेशी मुद्राआर्जन गरी स्थानीयस्तरमा रोजगारी र आर्थिक कारोवारमा वृद्धि गरेको उहाँले दाबी गर्नुभयो ।

    सङ्घका महासचिव एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष श्यामकुमार पोखरेल, प्रा सञ्जयकुमार सिंहले सन् २०१८ मा अस्पतालले २३७ जनालाई आँखाको नानी प्रत्यारोपण गरेर अन्धोपन हटाएको जानकारी दिनुभयो । यस क्षेत्रमा एक हजार आँखाको नानी आवश्यक भएकामा गत वर्ष १० वटा सङ्कलन भएको र वार्षिक १०० वटा नानी सङ्कलन भएमा आँखा बैंकको स्थापना गरिने बताइएको छ ।

    सङ्घद्वारा नेपालभरि १८ आँखा अस्पताल तथा ८६ उपचार केन्द्रमा सन् २०१८ मा २२ लाखले उपचार गराएका थिए भने दुई लाख ३० हजारको शल्यक्रिया गरिएको थियो । उपचार गराइएकामध्ये आठ लाख बिरामी विदेशी रहेको कार्यक्रममा जानकारी गराइयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    मुख्यमन्त्री शेरधन राई

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More