प्रचण्ड प्रचण्ड

  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड
  • प्रचण्ड

प्रदेश नंं ५ को राजधानीको फैसला जनताले गर्नेछन् : प्रचण्ड

6 November, 2019 10:45 | प्रदेश , प्रदेश ५ | comments | 60000 Views

प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले भौगोलिक बनावट सुहाउने गरी प्रदेश नं ५ को राजधानी सबैलाई पायक पर्ने ठाउँमा राखिने बताउनुभएको छ । नेकपा कोहलपुरले आयोजना गरेको विजयादशमी दिपावली तथा छठ पर्वका अवसरमा आयोजित कार्यक्रममा उहाँले जनताको फैसला नै अन्तिम हुने भएकाले त्यसतर्फ जनप्रतिनिधिको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

“प्रदेश नं ५ को राजधानी प्रदेशको केन्द्रमै पर्नेगरी हुनेछ”, प्रचण्डले भन्नुभयो, “प्रदेशको केन्द्र पर्ने गरी नयाँ ठाउँ विकास गरे झन राम्रो हुनेछ अन्तिम फैसला जनताको नै हुनेछ ।” उहाँले आफ्नो पार्टीबाट वडा नं ६ मा उम्मेदवार बन्नुभएका रामशरण थारुको जीत सुनिश्चित रहेको बताउनुभयो ।

  

कोहलपुर–६ कमिटीका अध्यक्ष लक्ष्मण पाण्डेको प्रस्तावमा थारु सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका थिए । थारु गत स्थानीय चुनावमा पनि वडा अध्यक्षका उम्मेदवार थिए । रामसोहन थारुको गत मङ्सिर ९ गते हृदयाघातका कारण निधन भएपछि वडा अध्यक्ष पद रिक्त भएको हो ।

अघिल्लो निर्वाचनमा एक हजार ९६४ जना मतदाता रहेको उक्त वडामा हाल मतदाताको सङ्ख्या दुई हजार २६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवार राम सोहन थारु ४२४ मत प्राप्त गरी विजयी भएका थिए ।

प्रदेशको राजधानीबारे अहिले बोेल्न मिल्दैन : मुख्यमन्त्री पौडेल

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रचण्ड

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More