संशोधनसहित २९ विधेयक पारित संशोधनसहित २९ विधेयक पारित

  • संशोधनसहित २९ विधेयक पारित
  • संशोधनसहित २९ विधेयक पारित
  • संशोधनसहित २९ विधेयक पारित

प्रदेश नं १ द्वारा बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण

17 August, 2019 11:30 | प्रदेश , प्रदेश १ | comments | 18450 Views

संशोधनसहित २९ विधेयक पारित

प्रदेश नम्बर १ सरकारले बाढी पहिरोमा ज्यान गुमाएका परिवारलाई राहत वितरण गर्न शुरु गरेको छ । प्रदेशसभाका अर्थ समिति सभापति मोहनकुमार खड्काले प्रदेश सरकारका तर्फबाट ओखलढुङ्गामा बाढी पहिरोमा ज्यान गुमाएका पाँच परिवारलाई प्रति मृतक दुई लाखका दरले राहत हस्तान्तरण गर्नुभएको हो ।

adsads

“प्रदेश सरकारले आफ्ना नागरिक प्रतिको दायित्व भुल्दैन, प्रदेशका १४ जिल्लामा ओखलढुङ्गाबाट राहत वितरण थालिएको हो”, उहाँले भन्नुभयो । प्रदेश सरकारले प्रकोपमा परेर ज्यान गुमाएका परिवारलाई प्रति मृतक रु दुई लाखका दरले राहत दिने, घाइतेलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गराउने र बिरामी आफैँले निजी अस्पतालमा उपचार गराए रु ५० हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको थियो ।

ओखलढुङ्गामा पहिरोमा परेर मोलुङ गाउँपालिका–७ पात्लेका खपुटी शेर्पा र याङ्जी शेर्पा, सिद्धिचरण नगरपालिका–६ जन्तरखानिकी कान्छीमाया श्रेष्ठ, चिशङ्खुगढी गाउँपालिका–४ की पासाङकुटी शेर्पा र सुनकोशी गाउँपालिका–४ चिउरीबोटका कुमार राईको मृत्यु भएको थियो ।

ओखलढुङ्गामा प्रकोपमा परेर ज्यान गुमाउनेका परिवारले यसअघि रु एक लाख ३८ हजारका दरले राहत पाइसककेका छन् । सङ्घीय सरकारमार्फत जिल्ला विपद् व्यवस्थापन समितिबाट रु १ लाख, नेकपाले स्थापना गरेको पुष्पलाल स्मृति प्रतिष्ठानबाट रु २५ हजार, पूर्वसांसद रामहरि खतिवडाका तर्फबाट रु १० हजार र उद्योग वाणिज्य सङ्घका तर्फबाट रु तीन हजारका दरले यसअघि पीडित परिवारलाई राहत वितरण गरिएको थियो ।

प्रदेश ३ बाट हावाहुरी प्रभावितलाई एक करोड राहत

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
संशोधनसहित २९ विधेयक पारित

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More