प्रदेश नं १ मा सङ्ग्रहालय निर्माणका लागि सर्भे शुरु

3 September, 2018 11:34 |प्रदेश , प्रदेश १ | comments | 36300 Views

    पथरी, मोरङ । प्रदेश नं १ को गौरवको आयोजनामा भनिएको जातीय सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि मोरङको पथरी शनिश्चरे नगरपालिका– १० को भूटानी शरणार्थी शिविरमा सर्भे शुरु भएको छ ।

    adsads

    भूटानी शरणार्थी शिविर रहेका क्षेत्रमा निर्माण हुने बृहत् जातीय सांस्कृतिक सङ्ग्रहालयका लागि प्रारम्भिक सर्भे थालिएको हो । प्रदेश सरकारको तर्फबाट इडी कन्सल्टका राजेन्द्र भट्टराईको टोलीले आइतबार शिविर र आसपासका क्षेत्रको प्रारम्भिक सर्भे गरेको हो ।

    वडाका कार्यवाहक अध्यक्ष मनोज घिमिरे, कार्यपालिका सदस्य मैनादेवी फुयाँल आचार्य, अरुणा राई, गीता विश्वकर्मा तथा स्थानीय सामाजिक अगुवाले सर्भे टोलीलाई सङ्ग्रहालयका लागि प्रस्तावित क्षेत्रको अवलोकन गराएका थिए ।

    सर्भे टोलीका राजेन्द्र भट्टराईले प्रस्तावित क्षेत्रको पहिलो चरणको प्रारम्भिक सर्भेक्षणले देखेको वस्तुस्थितिका बारेमा प्रदेश सरकारलाई जानकारी गराउने र त्यसपछि विस्तृत सर्भे अगाडि बढ्ने उल्लेख गर्नुभयो ।

    वडा नं १० मा विगत २७ वर्षदेखि भूटानी शरणार्थी बसोबास गर्र्दै आएका क्षेत्रमा प्रदेश सरकारको नीति कार्यक्रममा प्रदेशकै गौरवको आयोजनाका रुपमा बृहत् जातीय तथा सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिने निर्णय भएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!