प्रधानमन्त्री क्रिकेट कपप्रधानमन्त्री क्रिकेट कप

  • प्रधानमन्त्री क्रिकेट कप
  • प्रधानमन्त्री क्रिकेट कप
  • प्रधानमन्त्री क्रिकेट कप
  • प्रधानमन्त्री क्रिकेट कप
  • प्रधानमन्त्री क्रिकेट कप
  • प्रधानमन्त्री क्रिकेट कप

प्रदेश नं २ लाई पराजित गर्दै पुलिस प्रधानमन्त्री क्रिकेट कपको सेमिफाइनलमा

3 June, 2019 10:15 |खेल | comments | 17100 Views

    प्रधानमन्त्री क्रिकेट कप

    प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

    adsads

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई पराजित गरी पुलिस समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २५३ रन बनायो । दुई सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले २९ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन मात्र बनायो ।

    प्रदेश २ का लागि हरिशङ्कर साहले सर्वाधिक २९ रन जोडे । कप्तान मेहबुब आलमले २१, रवी साहले १५ तथा सुरज पटेलले १२ रन बनाए । बलिङ्तर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले पाँच विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै २८ रन खर्चे । ललितनारायण राजवंशीले तीन विकेट झारे ।

    त्यसअघि पुलिसका लागि ब्याटिङ गर्दै अमित श्रेष्ठले सर्वाधिक ५० रनको योगदान दिए । सुनिल धमलाले ४३, अनिलकुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए । बलिङतर्फ प्रदेश २ का सम्शाद शेखले चार तथा राशिद खानले दुई तथा दिव्यान्सु मल्लिक, कुमार थापा र मेहबुब आलमले एक÷एक विकेट लिए । हारसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रधानमन्त्री कप क्रिकेटः लगातार चौथों हारसंगै कर्णाली प्रतियोगिताबाट बाहिरियो

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रधानमन्त्री क्रिकेट कप

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!