प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

  • प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी
  • प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी
  • प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी
  • प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी
  • प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी
  • प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

14 May, 2019 10:15 | प्रदेश , प्रदेश ३ | comments | 21300 Views

प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

आर्थिक तथा व्यापारिक सम्बन्धलाई प्रादेशिक तहदेखि अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच सोमबार जनस्तरमा सम्बन्ध विकास गर्ने समझदारी भएको छ ।काठमाडौँ महानगरपालिका र लान्जोउ नगरबीच भगेनी सम्बन्ध विस्तार गरी स्थानीय तहमा द्विपक्षीय हितमा कार्य गर्ने समझदारी भएको छ ।

adsads

सोमबार आयोजित कार्यक्रममा प्रादेशिक तहको समझदारीमा मुख्यमन्त्री डोरमणि पौडेल र गभर्नर टाङ रेन्जियान तथा महानगर प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुखमा काइयुनले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले दुवै मुलुकका जनताको आर्थिक विकास र समृद्धिका लागि लगानीका नयाँ सम्भावना र क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले उक्त समझदारीले आफ्नो प्रदेशमा जैविक विविधताका साथै प्राकृतिक स्रोत, खनिज पदार्थ रहेको र लगानीका पर्याप्त सम्भावना रहेकाले त्यसलाई सदुपयोग गर्न आग्रह गर्नुभयो ।

उहाँका समकक्षी गभर्नर रेन्जियानले आफ्नो प्रान्तका प्राकृतिक स्रोतका साथै विकासका विभिन्न आयामका बारे बताउनुभयो । महानगर प्रमुख शाक्यले दुवै पक्षबीच विभिन्न छलफलपछि गरिएको समझदारीले कृषि, ऊर्जा, पर्यटनलाई विकास गर्ने विषयलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उपप्रमुख काइयुनले दुवै मुलुकबीचको पुरानो सम्बन्धलाई जनस्तरबाट प्रवद्र्धन गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

प्रदेश सरकारले पर्यटकीय सहयोगका लागि चीनको ग्यान्सु प्रान्तसँग समझदारी गर्ने

 

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ३ र चीनको गन्सु प्रान्तबीच समझदारी

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!