प्रदेश नं. ५ को पर्यटन विधेयक सर्वसम्मत रुपमा पारित

22 April, 2019 21:22 | प्रदेश , प्रदेश ५ | comments | 29850 Views

प्रदेश नं ५ को प्रदेशसभाले प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सोमबार सर्वसम्मत रुपमा पारित गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेश नं ५, प्रदेश पर्यटनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गर्नुभएपछि विधेयक पारित भएको थियो ।

adsads

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले सभामा उक्त विधेयक पारित गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेश लोकसेवा आयोगको गठन काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँसभा, नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्नुभएको थियो ।

त्यसअघि प्रदेशसभाको विषेश समयमा बोल्दै प्रदेशसभा सदस्य तुलाराम घर्तीमगरले प्रदेश सभालाई निरीह बनाउने काम भएको आरोप लगाउँदै सङ्कल्प प्रस्ताव पारित गरेर सङ्घीय सरकारलाई पठाउन आवश्यक भएको बताउनुभयो ।

प्रदेशसभा सदस्य डिल्ली चौधरीले सङ्घीयतालाई कसरी बलियो बनाउने भन्ने विषयमा सबैको ध्यान जान आवश्यक भएको उल्लेख गर्दै प्रदेशसभाको अधिकारको विषयमा सङ्कल्प प्रस्ताव लैजान काङ्ग्रेस तयार रहेको बताउनुभयो ।

प्रदेशसभा सदस्य इन्द्रप्रसाद खरेलले प्रदेशसभा स्थापित हुँदा प्रदेश सरकारलाई घाटा नलाग्ने उल्लेख गर्दै सिंहदरबारको महारोग प्रदेशमा पनि सर्न लागेको टिप्पणी गर्नुभयो । प्रदेशसभा सदस्य विष्णु पन्थीले भारतबाट आयात भएको तरकारीले कृषकको उत्पादन लागत पनि नउठेको भन्दै कृषिलाई व्यवसायीकरण गर्न आग्रह गर्नुभयो ।

यस्तै शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डे, धनकली चौधरीलगायतले निर्माण व्यवसायीको लापरवाहीले कपिलवस्तुको एक पुलमा आवतजावत गर्न समस्या देखिएको बताउनुभयो ।

प्रदेश ५ को संसद्मा प्रश्न : ‘अस्पतालमा सुई र रुई छैन, के यही हो समृद्धि ?

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!