प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दैप्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै

  • प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै
  • प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै
  • प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै
  • प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै
  • प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै
  • प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै

प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै

7 June, 2019 10:50 |अर्थ , प्रदेश | comments | 26250 Views

    प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै

    प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा शेयर बजारको दायरा फराकिलो बनाउने प्रयास गरिने भएको छ । शेयर बजारमा संलग्न लगानीकर्तालाई सो सम्बन्धी शिक्षा दिएर बजारको वर्तमान अवस्था र चुनौतीको विषयमा जानकारी दिइने छ ।

    adsads

    शेयर बजारमा लामो अनुभव गरेका लगानीकर्ताले आफ्नो बजारसम्बन्धी अनुभवसँगैे शेयर बजारको नीतिगत विषयसमेत औंल्याउने छन् ।प्रदेश नं ५ शेयर लगानीकर्ता फोरम र लगानी स्कुल काठमाडौँको संयुक्त आयोजनामा बुटवलमा हुने कार्यशालामा दाङ, अर्घाखाची, कपिलवस्तुलगायतको विभिन्न जिल्लाबाट सहभागिता रहने बताइएको छ ।

    सो कार्यशालामा प्रोफेसर डा मनोहरकुमार श्रेष्ठ, डा विनोद घिमिरे, राजकुमार केसी, सुदर्शन कडरियालगायतले शेयर बजारको विभिन्न अवस्थाको बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।

    “काठमाडौँपछि बुटवललाई शेयर बजारको केन्द्रको रुपमा विकास गर्न खोजेका छौँ”, प्रदेश नं ५ शेयर लगानीकर्ता फोरमका अध्यक्ष कमल तिवारीले भन्नुभयो । उहाँले बजारमा अभ्यस्त भएका तर ढुक्कसँग लगानी गर्न नसकेका लागि कार्यशाला फलदायी हुने विश्वास व्यक्त गर्दै यसले शेयर बजारसम्बन्धी अस्पष्टता हट्ने बताउनुभयो ।

    गतवर्ष स्थापित फोरमले शेयर बजारसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको छ । बुटवलमा पाँच, भैरहवामा एक र दाङमा एक गरी प्रदेश नं ५ मा ७ दलाल (ब्रोकर) कार्यालय छन् । उनीहरुले दैनिक रु एक करोड हाराहारीमा कारोवार गर्दै आएका छन् ।

    शेयर बजार ओरालो लाग्ने क्रम जारी : बिहिबार पाँच अङ्कले घट्यो

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदेश नं ५ मा शेयर बजारको दायरा फराकिलो बन्दै

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!