yatayatyatayat

  • yatayat
  • yatayat
  • yatayat
  • yatayat
  • yatayat
  • yatayat

प्रदेश नं ५ मा सवारी साधनको जाँच तथा अनुगमन

5 October, 2019 10:40 |प्रदेश , प्रदेश ५ | comments | 3150 Views

    yatayat

    प्रदेश नं ५ को प्रदेशस्तरीय सार्वजनिक यातायात व्यवस्था अनुगमन समितिले चाडपर्वमा यात्रुकोे सुरक्षित आवागमनलाई मध्यनजर गर्दै सवारी जाँच तथा अनुगमन शुरु गरेको छ । चाडपर्वका समयमा हुने सडक दुर्घटना र यात्रुको सुविधालाई मध्यनजर गरी आन्तरिक मामिला तथा कानून मन्त्रालयको अगुवाइमा प्रहरी र सरोकारवालाको समन्वयमा शुक्रबारदेखि सार्वजनिक सवारी साधनको जाँच र अनुगमन शुरु गरिएको समितिका संयोजक तथा मन्त्रालयका सचिव शङ्करप्रसाद खरेलले जानकारी दिनुभयो ।

    adsads

    चाडपर्वमा एउटै सवारी साधन सघनरुपमा प्रयोग हुने तर उचित मर्मतसम्भारमा ध्यान नदिँदा दुर्घटना हुने देखिएकाले सार्वजनिक सवारी साधनका धनी, चालक एवं यातायात व्यवसायीलाई आफू मातहतका साधन निरन्तर जाँच र मर्मतका लागि निर्देशन दिने संयोजक खरेलले बताउनुभयो ।

    दशैँ, तिहार, छठलगायतका चाडपर्वका समयमा हुने सवारीसाधन एवं सवारीको चापलाई ध्यानमा राखी सुरक्षित यात्राको व्यवस्था मिलाउन समितिले यात्रु, चालक, सवारी धनी एवं आम नागरिकमा अपिलसमेत गरेको छ । समितिले तत्काल सेवाग्राहीले गुनासो राख्नका लागि प्रहरीको १०० नम्बर र नेपाल ट्राफिक प्रहरीको १०३ नं मा फोन गर्नसमेत अनुरोध गरेको छ ।

    चाडपर्वको समयमा तीव्रगतिमा सवारी साधन चलाउने चालक कारवाहीमा पर्ने

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    yatayat

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!