प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

  • प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम
  • प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम
  • प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम
  • प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम
  • प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम
  • प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

3 July, 2019 14:38 | प्रदेश , प्रदेश ५ | comments | 14550 Views

प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

चीन भ्रमणमा रहनुभएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्नुभएको छ । भ्रमणका क्रममा मुख्यमन्त्री पोखरेल र सिचुवान प्रान्तका गभर्नर यीनलीले प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच मङ्गलबार भगिनी सम्बन्ध कायम गर्ने समझदारीपत्रमा हस्ताक्षर गर्नु भएको भ्रमणदलका सदस्य तथा उहाँका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।

adsads

सो अवसरमा मुख्यमन्त्री पोखरेलले यस समझदारीले दुई देशको सम्बन्धलाई अझ उचाइमा पु¥याउन बल पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी सिचुवान प्रान्तका गभर्नर लीले नेपाल र चीनबीचको निकै पुरानो र घनिष्ठ सम्बन्ध रहँदै आएको चर्चा गर्दै यो समझदारीले भविष्यको उज्यालो मार्ग कोरेको विचार व्यक्त गर्नुभयो ।

मुख्यमन्त्रीले प्रदेश, पालिका र जनताबीचको सम्बन्धले दुई मुलुकबीचको सम्बन्ध बलियो बन्दै जाने प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश पनि सुनाउनुभयो ।उहाँले गभर्नर लीलाई प्रदेश नं ५ र बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि निमन्त्रणा गर्नुभयो । उहाँले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै सञ्चालन हुन गइरहेको बताउँदै छेन्दु—भैरहवाबीच सिधा हवाई उडान सञ्चालनका लागि आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । गभर्नर लीले लुम्बिनी भ्रमणको निम्ता दिएकामा धन्यवाद ज्ञापन गर्दै भैरहवा—छेन्दु सिधा उडानका लागि आगामी दिनमा आवश्यक सल्लाह गरेर जान सकिने बताउनुभयो ।

यसैगरी मुख्यमन्त्री पोखरेलसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमहानिर्देशक से सङले पनि मङ्गलबार भेटवार्ता गर्नुभएको छ । भेटमा उपमहानिर्देशक सङले नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्ध निकै पुराना रहेको र दुई पार्टीबीचको सम्बन्धले दुई देशबीचको मित्रतामा पनि बल पु-याएको बताउनुभयो । उहाँले नेकपा र नेपालले लिँदै आएको एक चीन नीतिको प्रशंसा गर्दै नेपालको सार्वभौमसत्ता र अखण्डताप्रति पनि चीनको सम्मान रहेको बताउनुभएको पे्रस सल्लाहकार केसीले जानकारी दिनुभयो ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले नेपाली नागरिक राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको प्रतिक्षामा रहेको र यो सन्देश पु-

याउन नेता सङलाई आग्रह गर्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १० दिने भ्रमणमा सोमबार छेन्दु आइपुग्नुभएको हो ।

कास्कीको धम्पुस र बेलायतको ब्रेकन शहरबीच भगिनी सम्बन्ध

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रदेश नं ५ र चीनको सिचुवान प्रान्तबीच भगिनी सम्बन्ध कायम

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!