प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तोप्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो

  • प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो
  • प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो
  • प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो
  • प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो
  • प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो
  • प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो

प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो

28 September, 2019 10:10 |गण्डकी प्रदेश , प्रदेश | comments | 4500 Views

    प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो

    आन्तरिक पर्यटन वर्ष मनाइरहेकोे गण्डकी प्रदेश सरकारले प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो दिएको छ । शुक्रबार बुटवलमा कार्यक्रम आयोजना गरी गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लीला गिरीमार्फत प्रदेशवासीलाई भ्रमणको निम्तो दिनुभएको हो ।

    adsads

    प्रदेश ५ का मन्त्री गिरीले प्रदेशका संस्कृति र सम्पदाको उपयोग गरी दुवै प्रदेशले फाइदा लिने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेशका सम्पदाको उपयोग गर्न नसके नेतृत्वमाथि प्रश्न उठ्ने भएकाले संस्कृति र सम्पदाको भरपुर उपयोग गर्नुपर्ने बताउनुभयो । मन्त्री गिरीले दुवै प्रदेश सरकार मिलेर लुम्बिनी र पोखरालाई जोडेर पर्यटन प्रवद्र्धनका योजना तयार पार्ने बताउनुभयो ।

    सो अवसरमा गण्डकी प्रदेशका मन्त्री लम्सालले यो वर्ष १५ लाख पर्यटक पोखरा भित्र्याउने लक्ष्य राखेको बताउँदै गण्डकी प्रदेशमा पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना रहेकाले पर्यटन प्रवद्र्धनबाट समृद्धि हासिल गर्ने बताउनुभयो । ‘‘हामी सुनको थाल लिएर मागिरहेका छौँ, कसैले दिनेवाला छैन, आफ्नो ठाउँको विकासका लागि सबै मिलेर प्रयास गर्न जरुरी छ’’ उहाँले भन्नुभयो ।

    गण्डकी प्रदेशले नेपाल भ्रमण वर्ष २०२० अघि आन्तरिक पर्यटन वर्ष २०१९ मनाउँदै छ । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको मन्त्री लम्सालले बताउनुभयो । पर्यटन बोर्डका वासु त्रिपाठीले लुम्बिनी पर्यटकहरुका लागि आकर्षणको केन्द्रबिन्दु भएकाले लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश ५ र गण्डकी प्रदेशका पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्न सकिने धारणा राख्नुभयो ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोखरेलले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन प्रवद्र्धनका काम शुरु गरेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी गरिएको थियो ।

    गण्डकी प्रदेशले दियो घटस्थापनाको दिन सार्वजनिक बिदा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदेश नं ५ लाई गण्डकी भ्रमणको निम्तो

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!