प्रदेश नं ५, ६ र ७ मा राष्ट्रियसभाको निर्वाचन सम्पन्न, मत परिणाम आजै आउने

7 February, 2018 18:35 |राजनीति | comments | 172200 Views

    बुधबार बिहान १० बजेबाट शुरु भएको राष्ट्रियसभा निर्वाचन कतिपय प्रदेशमा भैरहेको छ भने प्रदेश ५, ६ र ७ मा सम्पन्न भएको छ ।

    प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको छ ।

    adsads
    बुधबार राति १० बजेसम्म मत परिणाम आउने भएको छ । तीन बजे मतदान सकिएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु गर्ने र १० बजेसम्म नतिजा दिने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभएको छ ।

    प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् । रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । उनीहरु संघीय समाजवादी फोरम नेपालका हुन् ।

    राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ५ सदस्य चयनका लागि मतदान भएको हो।

    त्यस्तै प्रदेश नं ६ को राष्ट्रियसभाको निर्वाचन १ः३० बजे सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो ।

    जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो । प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हाल्ने काम गरेका थियो । (क) र (ख) गरी दुईवटा मतदान केन्द्र रहेका थिए । हरियो रङ अंकित (क) मतदान केन्द्रमा ४० जना प्रदेशसभा सदस्य र रातो रङ अंकित (ख) केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुख÷अध्यक्ष, उपाध्यक्ष गरेर १९८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    “चुनाव उत्साह र शान्तिपूर्ण तरिकाले भएको छ, दिउँसो ३ बजेसम्म मतदान गर्ने समय भए पनि डेढ घण्टाअघि नै चुनाव सम्पन्न भएको छ, अब ४ बजेदेखि मतगणना शुरु हुन्छ,” मुख्य निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ।

    उहाँका अनुसार चुनावमा नेकपा (एमाले)बाट प्रदेश सांसद २० र स्थानीय तहका जनप्रतिनिधि ५५, नेपाली काँग्रेसका प्रदेश सांसद छ जना र स्थानीय तह जनप्रतिनिधि ५१, नेकपा (माओवादी केन्द्र)का प्रदेश सांसद १३ र स्थानीय तहका जनप्रतिनिधि ५२ र राप्रपाको एक प्रदेश सांसदले मतदान गरेका थिए ।

    मतदानस्थल जिल्ला निर्वाचन कार्यालय सुर्खेत बाहिर मतदाताभन्दा शुभचिन्तक, समर्थक, कार्यकर्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो । निर्वाचनको मतपरिणाम भोलि बिहानसम्म आइपुग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ ।

    यसै गरी प्रदेश नं. ७ मा पनि निर्वाचन सम्पन्न भएको छ । प्रदेश ७ मा दुई सय २७ जनाले मतदान गरेका छन् । २२९ जना मतदातामध्ये राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रदेशसभा सांसदले मतदान गरेनन् ।

    दिपायलको स्थानीय पद्म पव्लिक मुक्तिनारायण माविमा भएको मतदानमा २२७ जना मतदाताले दिउँसो १ बजेसम्म नै मतदान गरिसकेका थिए । राजपाका प्रदेश सांसदहरु मालमती राना थारु र कृष्णकुमार चौधरी मतदानमा नआएका हुन् ।

    प्रदेश ७ मा राष्ट्रियसभा सदस्यमा ६ जना निर्विरोध निर्वाचित भइसकेका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक गरी दुई सदस्यका लागि वाम गठबन्धन र नेपाली कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन् । वाम गठबन्धनका तर्फबाट एमालेका चक्रप्रसाद स्नेही र नेपाली कांग्रेसका शेरीराम पार्की दलित सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

    वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका महेशकुमार महरा र नेपाली कांग्रेसका छत्रराज जोशी अपाङ्ग तथा अल्पसंख्यक सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

    राष्ट्रियसभा निर्वाचन : राति १२ बजेदेखि मौन अवधि शुरु

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!