प्रदेश नं ७प्रदेश नं ७

  • प्रदेश नं ७
  • प्रदेश नं ७
  • प्रदेश नं ७
  • प्रदेश नं ७
  • प्रदेश नं ७
  • प्रदेश नं ७

प्रदेश नं ७ को नाम सुदूरपश्चिम, राजधानी गोदावरी

28 September, 2018 23:20 |प्रदेश , प्रदेश ७ | comments | 43650 Views

    प्रतिपक्षीद्वारा बैठक बहिष्कार

    प्रदेश नं ७

    प्रदेश नं ७ प्रदेशसभाको नाम सुदूरपश्चिम र स्थानीय राजधानी गोदावरी हुने भएको छ । शुक्रबार बसेको दोस्रो बैठकले प्रदेशको स्थायी राजधानी रहने उक्त स्थान र नामाङ्कनसम्बन्धी प्रस्तुत प्रस्तावलाई दुई तिहाइ बहुमतले पारित गरेको हो ।

    adsads

    दोस्रो बैठकमा राजधानी र नामाकरण सम्बन्धमा सत्ता पक्षका संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङले प्रस्तावलाई सत्तापक्षकै सदस्य वीरमान चौधरी र शान्ति नेपालीले समर्थन गर्नुभएको थियो । बैठकमा उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्ने क्रममा अपनाइएको मत सङ्कलनको प्रक्रियामा प्रस्तावको पक्षमा ३८ र विपक्षमा शून्य मत परेको थियो ।

    सभामुख अर्जुनबहादुर थापाले बैठकमा प्रदेशसभामा तत्काल कायम ५३ सदस्यमध्ये प्रस्तावको पक्षमा प्राप्त ३८ मत (दुई तिहाइ बहुमत) भएको र विपक्षमा शून्य मत परेकाले उक्त प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको घोषणा गर्नुभयो ।

    प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको संयोजकत्वमा गठित पाँच सदस्यीय विशेष सुझाव समितिले कैलालीको गोदावरी नगरपालिका २ र ४ मा पर्ने तेघरीलाई स्थायी राजधानी बनाउन र प्रदेशको नाम ‘सुदूरपश्चिम प्रदेश’राख्ने सुझावसहितको प्रतिवेदन मङ्गलबारको प्रदेशसभाको बैठकमा प्रस्तुत गरेको थियो ।

    प्रतिपक्षीद्वारा बैठक बहिष्कार

    प्रदेश सभामा प्रतिपक्षी काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्यले बैठक बहिष्कार गर्दै सभाबाट बाहिरिएको अवस्थामा राजधानी र नामाङ्कनसम्बन्धी प्रस्तावको टुङ्गो लगाइएको हो ।

    यसअघि प्रतिपक्षी सदस्यले दोस्रो बैठक प्रारम्भ हुनासाथ आआफ्नो स्थानबाट उभिएर विरोध गरेका गरेका थिए । सभामुखले बोल्न समय दिनु भएपछि राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले प्रदेश नं ७ को इतिहास कोर्ने सन्दर्भमा प्रदेशको स्थायी राजधानी र नामाकरणका सम्बन्धमा गठित सुझाव समितिमा राजपालाई समावेश नगरी अपमान गरिएकाले सुझाव समिति अपूर्ण र अवैधानिक भएको जिकिर गर्नुभयो ।

    रानाथारुले विशेष सुझाव समितिमा राजपाको प्रतिनिधित्व नभएसम्म बैठक बहिष्कार गरिएको भन्दै राजपा र काङ्ग्रेसका सदस्य बैठक कक्षबाट बाहिरिनुभएको थियो । यसअघि शुक्रबारै भएको पहिलो बैठक प्रतिपक्षी नेपाली काङ्ग्रेसका सदस्यले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गर्दै अवरुद्ध गरेका थिए ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदेश नं ७

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    फेसबुक

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!