प्रदेश नं ७ प्रदेशसभा : शान्तिसुरक्षाको व्यवस्था गर्न माग

18 September, 2018 10:04 | प्रदेश , प्रदेश ७ | comments | 22500 Views

धनगढी। प्रदेश नं ७ प्रदेशसभाको सोमबारको बैठकमा समय माग गरेर बोल्नुहुने अधिकांश प्रदेशसभा सदस्यले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारवाही गर्न सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो ।

adsads

पछिल्लो केही समययता बढ्दै गएका हत्या, हिंसा, बलात्कार जस्ता अपराधका घटनाले जनतामा त्रास फैलिएको भन्दै उहाँहरुले शान्तिसुरक्षाको सुदृढ व्यवस्था गर्न माग गर्नुभयो ।

कैलालीमा निर्माण भएको हुलाकी सडक ठाउँठाउँमा भत्किने क्रम शुरु भएकाले त्यसको मर्मत गर्न, अछाममा भएको बाढी र पहिरोको समस्याबाट पीडितलाई राहतको व्यवस्था गर्नसमेत उहाँहरुले माग गर्नुभयो ।

यसरी माग गर्नेहरुमा सुशीला बुढाथोकी, लालबहादुर खड्का, हर्कबहादुर कुँवर, रतन थापा र गोविन्दराज बोहरा हुनुहुन्छ ।

‘प्रदेश नं ७ को सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले बैठकले स्वीकृत गरेको छ ।

भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री बिनिता चौधरीले बैठकमा उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक असोज २ गते दिउँसो १ बजे बस्नेछ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!