प्रदेश राजधानीको टुङ्गो चाँडै लगाइने– मुख्यमन्त्री पौडेल

8 November, 2019 22:10 |प्रदेश , प्रदेश ३ | comments | 1800 Views

    प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नामाकरण र राजधानी सहमतिमै चाँडैनै टुङ्गो लगाइने बताउनुभएको छ । सिन्धुपाल्चोकको लामोसाँघुस्थित सेतीदेवी शारदा माविको नवनिर्मित भवनको शुक्रबार हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री पौडेलले अबको विकास गुणस्तरीय र रोजगारीमुलक हुनुपर्ने र त्यसको लागि प्रत्येक पालिकामा एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने नीति रहेको बताउनुभयो ।

    adsads

    अवको दुई वर्षमा देशले काँचुली फेर्ने दाबी गर्दै मुख्यमन्त्री पौडेलले त्यसको लागि ‘समृद्ध नेपाल र सुखी नेपाली’को महाअभियानमा लाग्न सबैलाई आग्रह समेत गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, प्रदेश ३ का उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रदेशसभा सदस्य सुरेश नेपाललगायतले मन्तव्य राख्नुभएको थियो ।

    विसं २०७२ को भूकम्पले क्षति पुर्याएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ६ करोड ४६ लाख ६१ हजारमा सुविधा सम्पन्न १८ कोठे विद्यालय भवनको पुनःनिर्माण गरिएको हो

    ‘प्रदेश राजधानी तोक्न सहमति र सहकार्यको नीति’

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    नोरीयो सुकिताते

    फेसबुक

    नोरीयो सुकिताते

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!