प्रदेश ३प्रदेश ३

  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३
  • प्रदेश ३

प्रदेश सरकारद्वारा क्षति विवरण माग

25 July, 2019 10:55 |प्रदेश , प्रदेश ३ | comments | 19950 Views

    प्रदेश ३

    प्रदेश नं ३ सरकारले जिल्ला प्रशासन कार्यालयसँग विपद् (बाढीपहिरो)ले जिल्लामा पुर्याएको भौतिक संरचना एवं जनधनको क्षतिको विवरण मागेको छ । अबिरल वर्षाले गत असारको अन्तिम सातादेखि विभिन्न जिल्लामा जनधनको क्षति भएपछि प्रदेश सरकारद्वारा स्थानीय प्रशासनमार्फत विवरण माग गरिएको हो ।

    adsads

    जिल्ला प्रशासन कायालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय तहमा यही साउन २ गते परिपत्र गरी विपद्बाट भएको क्षतिको विवरण मागेको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले प्रदेश सरकारबाट माग भए बमोजिम जिल्लाका स्थानीय तहसँग सडक, भवनलगायत सार्वजनिक संरचना एवं व्यक्तिगत घर पशु चौपायालगायत धनजनको क्षतिको विवरण मागिएको जानकारी दिनुभयो ।

    विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रजिअ रानाले भन्नुभयो “प्रदेश सरकारबाट माग भएबमोजिम स्थानीय तहसँग क्षतिको विवरण माग गरेका छौँ, तीन दिनको म्याद दिइएको हो, तर सबै स्थानीय तहबाट विवरण आइसकेको छैन ।” काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् ।

    अबिरल वर्षाका कारण जिल्लामा घर पहिरोले पुर्दा हालसम्म दुई महिलासहित एक बालिकाको मृत्यु भएको छ ।

    प्रदेश नं ३ का स्थानीय तहले राजश्व बाँडफाँट गरेनन्

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रदेश ३

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More