नोटनोट

  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट
  • नोट

प्रदेश सरकारद्वारा दूध चिस्यान केन्द्रको लागि एक करोड अनुदान

24 August, 2019 19:25 |गण्डकी प्रदेश , प्रदेश | comments | 10350 Views

    नोट

    गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले दूध चिस्यान केन्द्रको साझेदारीमा लगानी गर्न रु एक करोडको बजेट व्यवस्था गरेको छ । प्रदेशभित्रका दश वटा दूध चिस्यान केन्द्रलाई रु दश लाखका दरले अनुदान रकम प्रदान गर्न उक्त बजेटको व्यवस्था गरिएको हो ।

    adsads

    प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा दूध चिस्यान केन्द्र साझेदारी कार्यक्रम समावेश गरी कार्यान्वयन समेत शुरु गरिसकेको छ । पाँच सय लिटर दुध उत्पादन, बिक्री वितरण तथा भण्डारणका लागि दूध चिस्यान केन्द्र आवश्यकपर्ने भएकाले अनुदानको व्यवस्था गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताउनुभयो ।

    उहाँका अनुसार साझेदारमा दूध चिस्यान केन्द्र सुधारका लागि जस्तै चिलिङ् भ्याट, थ्रि–फेसको लाईन वा जेनेटर व्याक अप, मिल्क एनालाईजन, क्रिम सेपरेटर, रहेका छन् । भवन निमार्ण लगायतका पूर्वाधारमा अनुदानको रकम खर्च गर्न पाउने व्यवस्था रहेको उहाँले बताउनुभयो । जसअन्र्तगत ७० प्रतिशत प्रदेश सरकारको रहने र ३० प्रतिशत स्वयंले ब्योर्हनुपर्ने छ ।

    प्रदेशलाई दूधमा आत्मनिर्भर कायम गर्दै, स्वच्छ, स्वस्थ्य, गुणस्तरीय एवं प्रशोधित दूध तथा दूधजन्य पद्धार्थमा आम उपभोक्तालाई सक्षम, सहज र सरल हुने अपेक्षा गरिएको उहाँले जानकारी दिनुभयो । जिल्लामा गत आर्थिक वर्षमा दूध चिस्यान केन्द्र स्थापनाका लागि चार वटा छनोट गरी अनुदान रकम प्रदान गरिएको थियो । अनुदान प्राप्त गर्न कृषकले स्थानीय तहको पशु सेवा शाखाको सिफारिस गर्नुपर्ने केन्द्रले जनाएको छ ।

    एक वर्षमा तीन लाख विदेशी पर्यटकले भ्रमण गरे गण्डकी प्रदेश

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नोट

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    फेसबुक

    ड्रोन आक्रमणबाट साउदी अरबको तेल प्रशोधन केन्द्रमा आगलागी

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!