प्रदेश १ मा ‘मिल्क होली डे’ समाप्त पारिने

10 April, 2019 20:59 | प्रदेश , प्रदेश १ | comments | 28950 Views

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा बुधबार आयोजित विराटनगर महानगरपालिकासँगको साझेदारीमा पशु बधशाला निर्माण, सुधार तथा दुग्ध सहकारी संस्था र डेरी उद्यमीसँगको साझेदारीमा मिल्क पाउडर प्लान्ट स्थापना कार्यक्रम सञ्चालनका लागि भएको सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले कृषि क्षेत्रमा १ नं रहेको प्रदेश नं १ मा पर्यटन, कृषि, जलस्रोतको विकास गर्न सरकार आवश्यक अध्ययन गरिरहेको चर्चा गर्नुभयो ।

adsads

मुख्यमन्त्री राईले आम नागरिकलाई स्वस्थकर मासु खान बन्ने बधशाला र मिल्क पाउडर प्लान्ट गुणस्तरीय र जनतालाई सेवा दिने किसिमको हुनुपर्ने बताउँदै बधशाला नमूना, आधुनिक र सुविधाजनक हुनुपर्नेमा जोड दिनुभयो ।

पशु व्यवसाय गर्ने किसानले उत्पादन गर्ने दूध बजारमा बिक्री नहुँदाको पीडालाई कम गर्न पाउडर प्लान्टले मद्दत गर्ने र यसबाट दुग्ध उत्पादक कृषक लाभान्वित हुने भन्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले बलियो इच्छाशक्तिबाट काम गरिरहेको चर्चा गर्नुभयो ।

प्रदेश प्रमुख सचिव केदार न्यौपानेले जनताका समस्या र अप्ठ्यारालाई कम गर्न प्रदेश सरकार दत्तचित भएर काम गरिरहेको बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव हस्तबहादुर विष्टले प्रदेश सरकारको नीति तथा योजनामा समावेश भएको यस्ता कार्यक्रमले प्रदेशभरिका दुग्ध उत्पादक किसान र स्वस्थकर मासु खाने उपभोक्ता लाभान्वित हुने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख अधिकृत एकदेव अधिकारी र कामधेनु दुग्ध विकास सहकारी संस्था लि.का अध्यक्ष बाबुराम खत्रीले सरकारले लिएको तीन खम्बे अर्थ नीति अनुसार निजी, साझेदारी र सहकारीमार्फत हुने यस्ता काम समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिका वडा नं.८ स्थित नगरपालिकाको स्वामित्वमा रहेको एक विघा आठ कठ्ठा १० धुर जग्गामा रु.छ करोड २२ लाख ५४ हजारको लागतमा निर्माण हुने सो बधशालाका लागि प्रदेश सरकारले रु.तीन करोड सहयोग गर्ने बताइएको छ । त्यस्तै कामधेनु दुग्ध विकास सहकारी संस्था लि. तरहरामा रु.२८ करोड ६१ लाख २३ हजारको लागतमा निर्माण हुने दुग्ध पाउडर प्लान्टका लागि प्रदेश सरकारले रु.२० करोड सहयोग गरेको बताइएको छ ।

दुई वर्षभित्र निर्माण गरिने दुवै योजनाअन्तर्गत बधशालाका लागि सम्झौतापत्रमा भूमि व्यवस्था, कृषि तथा सहकारी सचिव बिष्ट र विराटनगर महानगरपालिका प्रमुख अधिकृत अधिकारी तथा दुग्ध पाउडर प्लान्टका लागि सचिव बिष्ट र कामधेनु दुग्ध विकास सहकारी संस्था लि.का अध्यक्ष बाबुराम खत्री, सगरमाथा एकीकृत दुग्ध उद्योग प्रवद्र्धन केन्द्र प्रा.लि.का अध्यक्ष योगेन्द्र चिमोरिया र जीवन विकास डेरी प्रोडक्ट्स प्रा.लि.का प्रवन्धक दिपेश खतिवडाले हस्ताक्षर गर्नु भएको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!