प्रदेश १ मा सयभन्दा बढी कर नतिर्ने व्यवसायी र ठेकेदारको बैंक खाता रोक्का

6 June, 2019 22:42 |अर्थ , प्रदेश | comments | 33900 Views

    आन्तरिक राजस्व कार्यालय प्रदेश १ कर नतिर्ने सो प्रदेशका ६६ व्यवसायीको बैंक खाता रोक्का गरेको छ । आन्तरीक राजस्व कार्यालय धरानका प्रमुख देवनारायण पौडेलले दिएको जानकारी अनुसार समयमा कर नतिर्ने ६६ व्यवसायीको बैंक खाता रोक्का गरिएको हो ।

    adsads

    त्यसै गरी कार्यालयले प्रदेश १ का विभिन्न जिल्लामा सरकारी कामको ठेक्का लिएर सरकारलाई कर नतिर्ने ६६ निर्माण व्यवसायीहरूलाई ठेक्का बापतको रकम भुक्तानी नगर्न पनि जिल्लाका कोष तथा लेखा नियन्त्रण कार्यालयमा पत्रचार गरिएको छ ।

    आन्तरिक राजस्व कार्यालयले पटकपटक पत्र पठाएर र सार्वजनिक सूचना प्रकाशित गर्दा समेत व्यवसायीहरूले सरकारलाई कर नबुझाएपछि कानुनअनुसार बैंक खाता रोक्का र भुक्तानी रोक्का गर्न सम्बन्धित निकायमा पत्रचार गरिएको बताइएको छ ।

    लामो समयदेखि सरकारी कामको ठेक्का लिएर पनि सरकारलाई कर नतिरेको भन्दै निर्माण व्यवसायीहरूलाई ठेक्का वापतको रकम भक्तानी रोक्का गर्न आन्तरिक राजस्व कार्यालयले कोलेनीकामा पत्र पठाएको पौडेलले बताउनुभयो ।

    प्रदेश १ का सुनसरी, मोरङ झापा, इलाम, पाचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुर जिल्लाका व्यवसायीहरूले सरकारलाई बुझाउनु पर्ने आय कर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क नतिरेका कारण व्यवसायीहरूको बैंक खाता रोक्का गर्न पत्रचार गरिएको हो ।

    उपसचिव पौडेलका अनुसार प्रदेश नम्बर १ मा अझै ११ करोड रुपैयाँ कर उठाउन बाँकी छ। बैंक खाता रोकका र भुक्तानी रोक्का गर्दा पनि व्यवसायीले कर नतिरे चलअचल सम्पत्ति रोक्का गर्ने चेतावनी उहाँले दिनुभएको छ ।।

    व्यापार अर्बौंको कर भने शून्य

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More