प्रदेश २ कोरोना संक्रमणको केन्द्र बन्दै- सोमबार थपिए ८२ जना

1 June, 2020 19:37 | प्रदेश , प्रदेश २ | comments | 23700 Views

भारतसंग सबैभन्दा बढी सीमा जोडिएको प्रदेश २ कोरोना संक्रमणको केन्द्र बन्दै गएको छ । हालसम्म सो प्रदेशमा संक्रमितको संख्या ६ सय ९५ पुगेको छ भने सोमबार मात्र थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश २ मा ९९ जना संक्रमित उपचारपछि निको भई फर्किएका छन् ।

  

सोमबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र धुलिखेल अस्पतालमा गरिएको पीसीआर विधिको परीक्षणमा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानमा गरिएको परीक्षणमा सप्तरीको राजगढ़ गाउँपालिकाका १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा सिराहाको सूर्यनारायाण मरवैता क्याम्पस क्वारेन्टिनका ५ जना, धनुषाको धनौजी शंकर मावि क्वारेन्टिनका ४ जना, प्रादेशिक अस्पताल जनकपुरमा १ जना र हसंपुर नगरपालिकाका २ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी महोत्तरीको लोहरपट्टी नगरपालिका क्वारेन्टिनका २ जना पुरुष, सर्लाहीको जनता मावि अगरवा क्वारेन्टिनमा ३२ जना, कविलासी नगरपालिका ४ जना र हरिपुर नगरपालिका २ जनामा संक्रमण देखिएको छ । जसमध्ये ३ जना महिला छन् ।

धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटको परोहा नगरपालिकाका १४ जना र यमुनामाई गाउँपालिकास्थित क्वारेन्टिनका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More