प्रदेश २ ले बनाउँदैछ बलात्कारीलाई आजीवन काराबासको कानुन

26 February, 2019 19:06 | प्रदेश , प्रदेश २ | comments | 25650 Views

मुलुकमा बलात्कारका घटना बढिरहेपछि यसलाई कम गर्ने उद्देश्यका साथ अनेक कानुन बनिरहेको छ । मुलुकी संहिताले पनि जन्मकैदको व्यवस्था गरेको छ तर प्रदेश २ ले भने आजीवन काराबासको व्यवस्था गर्न लागेको छ ।

adsads

प्रदेश सरकारले बलात्कारका घटनाहरु बढिरहेको बेला आजीवन काराबासको सजाय हुने गरी कानून ल्याउने तयारी गरेको हो । प्रदेशका मुख्य न्यायाधिबक्ता दीपेन्द्र झाले दैनिकजसो भइरहने बलात्कारको घटनामा गम्भीर ध्यानाकर्षण भएको र यो बिषयलाई बहसमा ल्याइसकेको बताउनुभएको छ ।

न्यायाधिबक्ता झाले चाँडै बलात्कारका घटना नियन्त्रण गर्ने कानून निर्माण हुने बताउँदै बलात्कारीलाई कडाभन्दा कडा कारबाही होस् भन्ने आफूहरुको मनसाय भएको जानकारी दिनुभयो ।

झाले फाँसीको व्यवस्था त गर्न अन्तर्राष्टिय सम्झौता र संविधानले निषेध गरेको बताउँदै त्यसैलाई मध्यनजर गर्दै कानून निर्माण गरिने बताउनुभयो । नेपालले अन्तर्राष्टियस्तरमा पनि फाँसीको सजाय दिन्न भनेर हस्ताक्षर गरिसकेको र नेपालको संविधानमा पनि त्यो कुरा उल्लेख छैन् ।

१० वर्षीया बालिकाको बलात्कारीलाई सर्वस्वसहित जन्म कैदको माग

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

फेसबुक

७० वर्षीय कोरियाली वृद्धले जापानी दूतावास बाहिर गरे आत्महत्या

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!